नासाको अन्तरिक्ष यान सूर्यको नजिक

अमेरिकाको ‘सूर्य छुने’ साहसिक अभियान ‘टच द सन’ अन्तर्गत नासको रोवोटिक अन्तरिक्ष यान सूर्यको नजिक गइरहेको छ।images_cms-image-000060143

‘पार्कर सोलार प्रोब’ अन्तरिक्ष यान मानव निर्मित कुनै पनि बस्तुभन्दा इतिहासमै नजिक पुगेको हाे।

यसअघि सन् १९७६ मा सूर्यको नजिक जर्मन–यूएस हिलियस २ उपग्रह पुगेको थियो। हिलियस उपग्रह ४२ दशमलब ७३ मिलियन किलोमिटर सूर्यको नजिक पुगेको थियो।

पार्कर अन्तरिक्ष यान भने त्यस दुरीलाई पुरा गरेर सूर्य नजिक पुग्ने प्रयासमा निरन्तर लागि रहेको छ। हिलियसले त्यसबेला प्रति सेकेण्ड ७० किलोमिटरको दूरी पार गरेको रेकर्ड समेत राखेको थियो।

पार्करले त्यसलाई समेत भंग गरिदिने विश्वास गरिएकाे छ। नासको अनुमान अनुसार पार्करले प्रतिसेकेण्ड १ सय ९० किलो मिटरको दूरी पार गर्दै सूर्य नजिक पुग्नेछ।

पार्कर रोवोटिक अन्तरिक्ष यान यसै वर्षको अगष्ट महिनामा सूर्य छुने अभियानका साथ उडेको थियो। नासाले यसको नियमन गरिरहेको छ।

पार्करले सूर्यको बाहिरी सतहमा पुगेर त्यहाँको वायुमण्डलको सूचना संकलन गर्नेछ। त्यहाँको सूचना संकलन गर्न सकिए सूर्यको ऐतिहासिक रहस्यहरु खोतल्न सकिने नासाले विश्वास लिएको छ।

आगामी वर्षहरुमा पार्कर सूर्यको कक्षमा पुग्नेछ। यस अभियानले सूर्यले कसरी कार्य गर्दछ भन्ने बुझ्न सजिलो हुने वैज्ञानिकहरुले बताएका छन्। 

सूर्यको क्रिया प्रतिक्रियाको असर पृथ्वीका कस्तो पर्छ भन्ने समेत यस अभियानले बताउनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।