सिन्धुली, १८ चैत । सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा आज पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाँैडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । कमलामाई नगरपालिकामा बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।
केही समयदेखि श्रेष्ठले सेवाग्राहीबाट घुस लिने गरेको गुनासो आएपछि एक हप्तादेखिको निगरानीमा आज श्रेष्ठलाई पक्राउ गरिएको बताइएको छ । सरकारले भूकम्पपीडितलाई दिएको जग्गाको बाटो छुट्याईदिएबापत श्रेष्ठले पैसा नदिएसम्म नछुट्याई दिने बताएपछि सेवाग्राहीले उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा छानबिन गर्दा आज उनलाई थलामै पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासले जनाएको छ । श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दिइने छ । श्रेष्ठलाई आजै आयोगको टोलीले बर्दिवास लगेको छ । रासस
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने