नागरिकता केटाकेटीलाई चकलेट बाँडेजस्तो होइन

hoinaभैरहवा । एमाले अध्यक्ष केपी ओलीले केटाकेटीलाई चकलेट बाँडेजस्तै विदेशी नागरिकलाई नागरिकता बाँड्न नसकिने बताएका छन् । मेची–महाकाली अभियानअन्तर्गत आइतबार भैरहवाको अञ्चलापुरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन्।

‘उहिले–उहिले रानीको जन्मदिनमा केटाकेटी जम्मा पारेर चकलेट बाँडिन्थ्यो। नागरिकता त्यसरी सीमामा अरू देशका मानिस जम्मा गरेर बाँड्न सकिन्न,’ ओलीले भने, ‘१३ जना बुहारी नेपालको सांसद हुनुहुन्छ, एकजना बुहारी त मन्त्री हुनुहुन्छ, कांग्रेसको ठूलै नेता हुनुहुन्छ, ज्वाइँहरूको त कुरै नगरौँ । मन्त्री हुन पाँच वर्ष पनि पुग्नु नपर्ने प्रस्ताव मानिन्न।’ नेपाली चेलीले भारतमा बिहे गरेमा सात वर्ष कुर्नुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै ओलीले बिहे गरेकै भोलिपल्ट कोही पनि विदेशीलाई नागरिकता बाँड्न नसकिने स्पष्ट पारे।

संशोधन प्रस्ताव कुनै हालतमा पारित हुँदैन

नेपाललाई कमजोर पार्ने षड्यन्त्रअन्तर्गत संविधान संशोधन प्रस्ताव अघि बढाइएको दाबी गर्दै ओलीले कुनै हालतमा पारित हुन नदिइने समेत स्पष्ट पारे । ‘संविधान संशोधनको प्रस्ताव देशहित र जनताका विरुद्धमा छ । सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको छ । तर, यो सरकार नेपाली नागरिकको होइन, अरूकै कुरा सुन्छ । म स्पष्ट पार्न चाहन्छु, एमालेले यो प्रस्ताव कुनै हालतमा पारित हुन दिँदैन,’ ओलीले भने ।

तराई र पहाडलाई अलग गर्ने षड्यन्त्र

ओलीले किस्ता–किस्तामा तराई र पहाडलाई अलग गर्ने षड्यन्त्र भइरहेको दाबी गरे । ‘संविधान संशोधन प्रस्तावले सबैभन्दा पहिला ५ नम्बर प्रदेशलाई टोक्न खोज्यो, त्यसपछि बाँकीलाई पनि यसरी नै टोक्ने योजना छ । ५ नम्बरका जनताले त्यसलाई अस्वीकार गरिदिएका छन्,’ उनले भने । वर्तमान सरकारले मुलुकको हितमा काम गर्न नसकेको आरोप लगाउँदै उनले राष्ट्रियताका विषयमा अडान राख्न नसक्ने सरकार कुर्सीमा बस्नुको कुनै औचित्य नहुने दाबी पनि गरे ।

एमाले मधेस पस्दा समाप्त हुने भयले मधेसी मोर्चाले अवरोध गरेको उनको आरोप छ । ‘एमालेले बोकेका नीतिहरू मधेसका जनताले थाहा पाए भने आफ्नो सटर बन्द हुन्छ भनेर मोर्चाका नेताहरू छट्पटिएका छन् । उनीहरूलाई देशको झन्डा र नाम नै मन पर्दैन,’ ओलीले भने, ‘विगतको संविधानसभामा तिनीहरूले यो कुरा उठाएका थिए । अहिले जनताले दण्डित गरेका छन्, हराइदिएका छन् ।’

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हातमा पूरा नहुने बताए । ‘अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ । ठीकै छ, त्यो सफल पनि होला तर यो देश असफल हुन सक्दैन, हुन दिइँदैन,’ उनले भने । सभालाई नेताहरू दलबहादुर राना र रघुवीर महासेठले पनि सम्बोधन गरेका थिए ।

विरोधमा बासामा कालो झन्डा
अभियानको विरोधमा जिल्लाको बासामा मधेसी मोर्चाका केही कार्यकर्ताले कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका थिए । एमाले अभियानलाई बिथोल्न मोर्चाले आइतबार परासी क्षेत्र बन्द आह्वान गरे पनि बन्दको प्रभाव भने खासै परेन ।

सुण्ड–मुसुण्डलाई जनताले तह लगाउँछन् स् खनाल
नवलपरासी – एमाले वरिष्ठ नेता झलनाथ खनालले मधेसमा बलियो भएकै कारण आफ्नो पार्टीमाथि आक्रमणको प्रयास भएको बताएका छन् । मेची–महाकाली अभियानअन्तर्गत आइतबार नवलपरासीको भूमहीमा आयोजित सभालाई सम्बोधन गर्दै खनालले त्यस्तो बताएका हुन् । ‘त्यो पराजित मानसिकताको उपज हो। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक