नागढुुंगा सुरुङमार्ग आयोजनाले सुरुङ खन्न अति आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे उक्त कार्य छिट्टै थालिने जनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।
आयोजना प्रमुख श्यामप्रसाद खरेलले उक्त पदार्थ किन्नका लागि फाइल उठाई जिल्लास्तरीय सुरक्षा समिति, गृह, रक्षा मन्त्रालय र जंगी अड्डामा पठाइए पनि सहमति हुन बाँकी रहेकाले दुई महिनादेखि जंग्गी अड्डामा रहेको बताउँदै भने, ‘यही महिनाभित्र सहमति नभए कार्यतालिकामा असर परी काममा ढिलाइ हुँदा ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने अवस्था आउँछ ।’
स्रोतका अनुसार सेनाले एक दिन पनि नरोकी निरन्तर आयोजनाको काममा उत्पादन दिने, बंकर सुरक्षालगायत चाहिने सुविधा पुर्याउँने, महँगो भए रकममा विचार गर्ने भनी ठेकेदार पक्षलाई विश्वस्त पारेको थियो ।
तर सेनाको उत्पादनमा उत्कृष्ट र गुणस्तर भएको आधार खोज्दै ठेकेदार पन्छिरहेको छ । सेना भने आफ्नै उत्पादन विकाउन लागिपरेको छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण