नव नायकसँग साम्राज्ञीको यस्तो रुपः ए मेरो हजुर २’ को ट्रेलर

सलोन बस्नेत र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, सामाजिक कथाबस्तु र एक्सनको समिश्रण देख्न पाईन्छ । सुहाना इंटरटेनमेन्टको प्रस्तुतीमा सुनील कुमार थापा प्रोडक्सनको निर्माण्मा तयार भएको चलचित्र भदौ १६ गते प्रदर्शनमा आउने छ ।

झरना थापाको डेब्यु निर्देशनमा बनेको चलचित्रमार्फत नवनायक सलिनमान बानियाले पनि नेपाली सिने नगरीमा डेब्यु गर्दैछन् । केहिबर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेलको रुपमा चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आउन लागेको हो । चलचित्र ‘ए मेरो हजुर’ मा अहिलेको ‘ए मेरो हजुर २’ कि निर्देशक झरना थापा नायिकाको भुमिका थिईन् भने उनको अपोजिट रोलमा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ रहेका थिए । झरना थापाले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनास्वरुप यो चलचित्रको निर्माण भएको समेत बताएकी छिन् ।

salin-samragyiचलचित्रमा सलोन, साम्राज्ञी र सलिनको अलावा अमर सुवेदी, सुमन पौडेल, अजश्रा ढुङ्गाना, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई संजय लामाले खिचेका हुन् भने बसन्त सापकोटा र कल्याण सिंहको संगीत रहेको छ । चलचित्रको कथा चर्चित युवाज्योतिष हरिहर अधिकारीले लेखेका हुन् । चलचित्रको यसअघि सार्वजनिक दुई गीतहरुलाई युट्युबमा धेरै नै रुचाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको