नवलपरासीमा मतदान केन्द्रलाई मतपेटिका वितरण

असार १० , परासी–जिल्ला निर्वाचन कार्यालय नवलपरासीले आज मतदान केन्द्रहरुलाई निर्वाचन समाग्री वितरण गरेको छ । कार्यालयले निर्वाचन तयारी तिब्र बनाउदै मतदान अधिकृतहरुलाई मतपेटिका, मतदाता परिचय पत्र र विभिन्न आवश्यक निर्वाचन सामाग्री वितरण गरेको हो ।

दोश्रो चरणमा जिल्लाकोे परासी क्षेत्रका ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानिय तहमा निर्वाचन हुदैछ । परासी क्षेत्रका ७ वटै तहमा कुल १ लाख ८३ हजार १३ मतदाता संख्या रहेको छन् । यस क्षेत्रमा १ सय २० वटा मतदान स्थल र २ सय ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने निर्वाचनमा कुल १४ सय ४० जना कर्मचारी खटाइएको कार्यालयले जनाएको छ ।

कार्यालयलका अनुसार मतदान अधिकृतहरुले आज निर्वाचन समाग्री बुझेर भोली विहान ८ बजेदखि १३ गते साँझसम्म मतदाता परिचय पत्र वितरण र बुथ निर्माण गर्ने छन् । 
जिल्लामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । अब मतदाता परिचय पत्र वितरण, बुथ निर्माणका काम मात्र बाँकी छ  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न