February 10, 2017

‘नवराज सिलवाल डिएसपी थिए, मध्यरातमा मुखमा पट्टी बाँधेर जंगलमा मेरो सम्पत्ति यसरी लुटेको थियो’

भूमिगत जीवन विताइरहेका बसन्त बहादुर भूजेलको शरिरको एक भाग चल्दैन । चिन्ता र प्रेसरकै कारण उनको शरिरले विस्तारै काम गर्न छाडेको छ । नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवालले आफूलाई अन्याय गरेको बताउने बसन्त आफ्नो स्वास्थ्य यो अवस्थामा पुग्नुमा सिलवालकै हात रहेको आरोप लागाउँछन् । कुनै समय महानगरी प्रहरी अपराध महासाखामा रहेका सिलवालले आफूलाई अपहरण गरी सम्पत्ति हडपेको आरोप छ बसन्तको । पढ्नुहोस् उनको अनुभूति जस्ताको तस्तै ।Bashanta-bahadur-

मेरो जन्म गुल्मी जिल्ला तम्घास गाविस वडा नम्बर ४ मा भएको हो । मैले ८ कक्षासम्म त्यहीँ पढेँ । मैले गण्डकी बोर्डिङ स्कुलमा चान्स पाएँ मैले त्यो सेलेक्सनबाट इन्जिनियर सम्म अध्ययन गरेँ । त्यो सकिएपछि म बेलायती सेनामा इन्जिनियरमा भर्ति भएँ । म टेक्निसियन थिएँ । मैले संसार भर इन्जिनियरिङ लाइनकै काम गरेँ । रोड, होइड्रोपावर लगायतका विभिन्न कामहरुमा भाग लिएँ । युएनमा दुई पटक गएँ । ब्रिटिस आर्मीबाट युएनमा जाने पहिलो नेपाली नै मै हुँ । त्यहाँको सेवा सकाएर म नेपाल आएँ ।

आफूले जानेको इन्जीनियरिङ पेसालाई निरन्तरता दिने निधो गरेँ । मैले काठमाडौंमा नै द गोरखा इन्जिनर एन्ड सर्भिसेज प्राली भनेर मैले कम्पनी खोलेँ । मेरो कम्पनीले पहिलो काम भैसेपाटीको आवास निर्माण थियो । हामीले त्यो सम्पन्न ग¥यौँ । बर्दियाको सिँचाईमा राष्ट्रिय बजेट थियो । त्यतिबेला नेपालको प्रधानमन्त्री मनमोहन अधिकारी थिए ।

नदिको पानी माथिबाट बग्थ्यो । शुरुङ खनाएर सबै काम मैले गरेको हो । डुम्रे बेशिशहरमा वल्र्ड बैंकको प्रोजेक्ट आयो मैले त्यो वल्र्ड बैंकको प्रोजेक्ट पनि गरेँ । त्यसपछि मैले दरमखोला जलविद्युत परियोजना खोलेँ । यो परियोजना पनि सम्पन्न हुँदै थियो । तत्कालिन नेकपा एमालेसँग मेरो राम्रो सम्बन्ध थियो । मेरो एकजना डाइरेक्टर हुनुहुन्थ्यो उहाँको नाम प्रकाश नेपाल हो । त्यस्तै कृष्ण विश्वकर्मा डाइरेक्टर नै हुनुहुन्थ्यो उहाँ पनि अहिले अमेरिकामा हुनुहुन्छ । म पनि त्यसलगत्तै अमेरिका जान बाध्य भएँ । त्यस भित्र लुकेका प्रमुख कारण थियो प्रहरीको आडमा चलेको गुण्डागर्दी ।

नेपालमा पहिलो पटक पिपिए गर्ने व्यक्ति म नै हुँ । जिटिजेट जर्मन र हामीले खाका नै तयार पा¥यौँ । चाइनाको गभमेन्ट कम्पनीले सस्तो ऋण दिने र बोलाइदिने पनि काम ग¥यो । त्यतिबेला चाइनाले १० हजार मेगावट विद्युत बनाइदिने अवस्था बनाएको थिएँ । राजा विरेन्द्रको समय थियो चाइनाले रेल नै काठमाडौं ल्याइदिने कुरा समेत थियो । त्यतिबेला गिरिजाको सरकार थियो । मेरो कम्पनिले एक दर्जन मान्छे लिएर चाइना उडेको थियो । बैंकरदेखि पोलिटिसियनसम्म थिए । पिपिए गरेर आएपछि मैले पत्रिकामा अन्तर्वार्ता समेत दिएँ । नेपाल टेलिभिजनमा राम प्रसाद खनालले अन्तर्वार्ता लिनु भएको थियो । उहाँ पनि अहिले अमेरिका हुनुहुन्छ । विश्व बैंक र चाइनाको लगानीमा नेपाललाई फाइदा हुने योजना थियो । सोमबार फास्ट ट्रयाकबाट प्रधानमन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम थियो । तर, दुरभाग्य त्यो भन्दा चार दिन अघि नै दरबार हत्याकाण्ड भयो । त्यसपछि म पनि धरानतिर लागेँ । त्यो सपना त्यहीँ तुहियो ।

००० ००० ००० ०००

ज्ञानेन्द्र सरकार आयो । देशमा मन्डलेकरण शुरु भयो । उत्तम पुन जस्ता गुण्डाहरुले नवराज सिलवाल जस्ता प्रहरी अधिकारीहरु परिचालन गर्न थाले । मेरो कम्पनिको हमला शुरु भयो । मेरो कम्पनिको शेयर माग्न थालियो । पैसा माग्न थालियो । नवराज सिलवालको भाइ सुदर्शन सिलवाल त्यतिबेला नेपाली सेनाको मेजर थियो । अहिले कर्णेल भइसक्यो होला । माओवादी युद्धका कारण संकटकाल घोषणा गरिएको थियो । नवराज सिलवाल भने हनुमान ढोकाको डिएसपी थिए । ममाथि आक्रमण शुरु हुन थाल्यो । मेरो भाइलाई अपहरण गरियो । पैसा मागीयो । मेरो हाइड्रो पावरको शेयरमाथि जबरजस्ति गरियो । सिलवालकै दबावमा उनको भाइ सुदर्शन सिलवालले दुइ करोडको शेयर हडप्ने काम भयो । मलाई जतिबेला मनलाग्यो त्यतिबेला हनुमान ढोका बोलाइन्थ्यो । त्यतिमात्रै होइन मेरो निकै महँगो गाडी थियो, टोयोटा क्राउन लगियो । सर्वोच्चमा मुद्दा हालेपछि मैलो त्यो गाडी फिर्ता गरिएको हो ।

सिलवाल कसरी आए ?

तत्कालिन डिएसपी तथा हालका सिआइबी प्रमुख नवराज सिलवालले एक गुण्डा नाइकेसँग राम्रो सम्बन्ध बनाएका रहेछन् । उनै उत्तम पुनले सिलवाललाई म विरुद्ध प्रयोग गरेको थियो । उत्तम पुन भन्ने व्यक्ति बैंकर मात्रै होइन ठूलो गण्डा पनि थियो । नेपाल डेभलोपमेन्ट बैंक उसैको थियो । उनी हामीसँगै चाइना पिपीए गर्न गएका थिए । त्यतिबेला ‘आ हो ! यत्रो प्रोजेक्ट आउँने रहेछ । चाइनाले लगानी गर्ने भएपछि कमाइ हुन्छ’ भन्दै एक्लै कमाउने दाउमा ममाथि हमला शुरु भयो । विभिन्न जालझेल गरेर मेरो कम्पनि हडप्न शुरु गरियो । मुद्दा हाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग जान्थेँ , त्यहाँ उनै उत्तम पुनले मैले दिएको उजुरीको फोटो कपी देखाउँथे र भन्थे,‘तैँले केही गर्न सक्दैनस् ।’ जतिबेला म घरमा सुतेको हुन्थेँ । विहानै ढोकामा ‘ढकढक’ आवाज आउँथ्यो । बाहिर हेर्दा सिभिलमा पुलिस हुन्थे । घरमा श्रीमति छोरा छोरीको अगाडी टर्चर दिइन्थ्यो । भैँसेपाटीमा १४ रोपनी जग्गा थियो । त्यो सबै दबाबको भरमा मैले अर्कैको नाममा गरिदिएँ । अहिले अरबौँ पर्छ । मेरो भैँसेपाटीमै रहेको ५ देखि सात करोड पर्ने घर पनि हडपियो । त्यो घर अहिले नवराज सिलवालको भाइको नाममा छ । समयक्रमसँगै मेरो टोयटा क्राउन गाडी पनि थुतेर लगियो । मलाई अपहरण गरेर लगिन्थ्यो । हनुमानढोका पु¥याएपछि नवराज सिलवालले स्वयम भन्थे,‘तलाई लागु औषधमा पचाइदिन्छु’ भन्दै धम्काइन्थ्यो । र एउटा कागज देखाइन्थ्यो त्यो कागजमा नवराज स्वयमले भन्थे,‘यहाँ साइन गर ।’ ती कागजातमा मेरो सम्पत्तिमा अर्कैको नाममा गर्नु पर्ने शब्दहरु हुन्थे । मेरी आमालाई थुनेर घरको सबै कागजात समेत कब्जा गरिएको छ ।


संकटकालकाे बेला बर्दिवाला सेना र प्रहरी घरमा आउँदा के होला ? एक रात मलाई अपहरण शैलीमा बौद्ध लगियो । त्यतिबेला मेरो खल्तिमा कार्ड रहेछ । त्यहाँ मधेसी मुलका एउटा भाइ गार्ड रहेछ तीनलाई मैले कार्ड थिएँ र, भनेँ,‘यसमा फोन गरेर मेरो परिवारलाई यहाँ छ भन्दिनु ।’ कांग्रेस नेता चन्द्र भण्डारी र मेरी श्रीमतिले मानव अधिकार आयोगमा उजुरी गरेपछि अलि सहज रुपमा म बाहिरिएँ । मेरो विरुद्ध कुनै अभियोग नै थिएन । मात्रै म निर्माण सेवामा आबद्ध थिएँ । त्यही कम्पनि हत्याउने योजना रहेछ ।
 

००० ००० ०००

यसरी आउँथे बर्दि बिनाको प्रहरी

जब म घर भित्र हुन्थेँ । बाहिरबाट मान्छेहरु आउँथे सिभिलमा । ती मान्छेहरु प्रहरी हुँदा रहेछन् । मलाई चरप्प समातेर लगिन्थ्यो । भित्र लगेपछि यो साइन गर्छस् की थुनेर राख्दिउँ भनिन्थ्यो । मैले बाध्य भएर साइन गर्थें । त्यतिबेला त्यहाँ एक जना प्रहरीका अधिकारीले भन्दै थिए,‘तपाईंलाई यीनीहरुले लागु औषधको मुद्दामा फसाउँछन् । फोटो खिचाएर सिद्ध्याइन्छ । बरु साइन गर्दिनुस्’ भन्थ्यो । त्यतिबेला कागजमा ‘यति रोपनी जग्गा, घर लेउ’ भनेर कागजात ल्याइन्थ्यो । सोही कागजातम साइन गर्थेँ । अनि घर आएर नवराज सिलवाल, उनका भाइ सुदर्शन सिलवाल, र उत्तम पुनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्थें तर केही सुनुवाई भएन । सर्वोच्च अदालतको आदेशपछि गाडी चाहीँ फिर्ता गरिदियो । तर, मेरो घर जग्गा, मेरो कम्पनि सबै गुमाएँ । मसँग सबै प्रमाणहरु छन् ।

नवराज सिलवाल आइजीपी बन्दा के होला ?

नवराज सिलवाल गुन्डागर्दी गर्ने, अर्काको जग्गा हडप्ने गुण्डाहरुको राजा हो । यो मान्छे पुलिसमा होइन डन हुनु पर्ने मान्छे हो । यदि यो मान्छे पुलिस चिफ भयो भने म जस्ता लाखौँ मान्छेमाथि हडप्न थाल्छ । पुलिसको काम सत्य सेवा र सुरक्षा गर्ने हो तर, दुनियाँको सम्पत्ति हडप्ने होइन । गाडी लुट्नेदेखि गुण्डा परिचालन गर्नेसम्मको काम पुलिसको होइन । यस्तो मान्छे प्रहरीमा हुनु नै दुर्भाग्य हो । प्रहरीमा स्वच्छ छवि भएको मान्छे जसले नेपालको कानुनलाई टेकेर हामी जस्ता नागरिकलाई राहत हुने मान्छे आइजीपिमा आवस् यस्तो मान्छे भयो भने देशको लागि दुर्भाग्य हुन्छ । यस्तो मान्छेलाई जेल हाल्नु पर्छ ।

म किन अपाङ्ग भएँ ?

ममाथि भएका धेरै ज्यादतीहरु छन् ती मध्ये नवराज सिलवालले गरेको ज्यादतिले मेरो जीन्दगीको बाटो नै बदलियो । म कुन गतिमा नेपाललाई गर्न खोज्दै थिएँ अहिलेपनि बेलायतबाट गर्दैछु । तर, दूर्भाग्य प्रहरी संगठनकै अधिकारीबाट भएको यस्तो व्याबहारले मैले मानसिक यातना भोग्नु प¥यो । म विरुद्ध राज्य नै लागेको जस्तो लाग्यो । मानसिक तनावकै कारण प्रेसरले मलाई हान्यो । अहिले मेरो देब्रे हर चल्दैनँ । बोली पनि राम्रो छैन । मलाई जे भएको छ त्यसमा नवराज सिलवालकै प्रेसरको भूमिका छ । सिभिल मान्छेसँग मलाई केही डर थिएन । तर, प्रहरी भनेपछि मलाई डर लाग्थ्यो । हातमा ‘ल एण्ड अर्डर’ भएको मान्छेले त्यस्तो गर्न थालेपछि ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिऊ जोगाउँनु भनेजस्तै नेपाल छोडेर फेरि प्रदेश भासिएँ । मेरी श्रीमतीले अहिले मलाई भन्छिन्,‘त्यो नेपाल भन्ने देशमा कहिल्यै नजानुँ । म त्यस्तो देशमा कहिल्यै जान्न ।’ अहिले पनि फोन आएको थियो ,‘तिमीलाई मार्लान् छिटो फर्केर आउ ।’ म नेपाल जाँदा उ रोएकी हुन्छे ।


हामीसँग हाम्रो सम्पत्तिको कागजात सबै छन् तर कर्मचारीको समेत बदमासीमा हामीमाथि अन्याय भएको छ । अहिले केही गर्न सक्ने अवस्था छैन । मेरो भैँसेपाटीको घर, कम्पनि, भैसापाटीको जग्गा लुटियो ।

मलाई बोल्न डर लाग्छ ।

मलाई बोल्न देखि डर लाग्छ किन भने बोल्यो भने की डर भैहाल्छ । हामी तीन भाइ नै ब्रिटिश आर्मीमा थियौँ । नेपालमा जति कमाएर ल्याएका थियौँ त्यो सबै सिद्धियो ।

उनीहरुमाथि के होला कारबाही ?

मेरो भएको सम्पत्ति हडप्ने पदीय दुरुपयोग गर्ने प्रहरी संगठनका डिआइजी नवराज सिलवाल र उनका भाइ सुदर्शन सिलवालमाथि कानुनी कारबाही होस् । पुलिस देख्ने वित्तिकै मेरो बच्चाहरु तर्सन्छ । ५ मेगावटको हाइड्रोपावर नै गुमेको छ । यो देशमा जे गरेपनि हुँदो रहेछ । नवराज सिलवाल एक नम्बरको गुन्डा हो । गोदावारीको सामान्य परिवारमा जन्मेको उसले प्रहरी संठनमा बसेर अकुत सम्पत्ति कमाएको छ ।
 रोहीत राइसँग कुराकानीमा आधारित

प्रहरीको ज्याजदी कसरी हुँदो रहेछ भन्ने ताजा अनि विल्कुलै फरक समाचार भएकोले हाम्रा पाठकलाई समेत जानाकारी रहोस र पिडीतलाई न्याय दिलाउन दवाब पुगोस भन्ने उद्देश्यले दियो पोष्टबाट सभार गरिएको;

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।