नवनिर्वाचित एमालेका अध्यक्ष ओली र पदाधिकारीद्वारा शपथ

 

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई सो पदको शपथ गराउनुभभएको थियो । अन्य पदाधिकारी र सदस्यलाई अध्यक्ष ओलीले शपथ गराउनुभयो । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली सर्बाधिक मतका साथ बिजयी हुनुभएको थियो । उहाँले एक हजार ८ सय ३७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी डा. भीम वहादुर रावलले २२३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य एक हजार ९७६ मत, सुरेन्द्रप्रसाद पाण्डेले एक हजार ९२५ मत, सुवाषचन्द्र नेम्वाङ एक हजार ८६५ मत, बिष्णु पौडेल एक हजार ८५६ मत, युवराज ज्ञावली एक हजार ८४२ मत र रामवहादुर थापा एक हजार ७६८ मतका साथ बिजयी हुनु भएको छ । उपाध्यक्षका प्रत्याशी घनश्याम भूषालले भने ७२५ मत मात्र प्राप्त गर्नु भएको छ ।
सचिब पदमा गोकण बिष्ट एक हजार ९७४ मत, योगेश भट्टराई एक हजार ९६० मत, पद्माकुमारी अर्यालले एक हजार ७९९ मत, छविलाल विश्वकर्मा एक हजार ८०३ मत, लेखराज भट्ट एक हजार ७०४ मत, टोपवहादुर रायमाझी एक हजार ८०४ मत र रघुबिर महासेठ एक हजार ५०० मतका साथ बिजयी हुनु भएको छ । प्रत्यासी भिमप्रसाद आचार्य ७८८ र टंक प्रसाद कार्कीले ५५९ मत प्राप्त गर्नु भएको छ ।
यसअघिनै बरिष्ठ उपाध्यक्षमा इश्वर पोख्रेल, महासचिबमा शंकर पोख्रेल र उपमहासचिबमा पृथ्वीसुव्वा गुरुङ, प्रदीप ज्ञावली र बिष्णु रिमाल निर्बिरोध निर्वाचित हुनु भएको थियो ।
मतपरिणाम अनुसार सदस्य प्रदेश नम्बर १ बाट खुल्लामा किशोर कुमार अधिकारी १ हजार ७७३, मत, टंक आङ्वुहाङ (लिम्बु)ले १ हजार ८१६ मत, तिल कुमार मेन्याङ्वो लिम्बुले १ हजार ८०५ मत, परसुराम अधिकारी १ हजार ७८३ बसन्तकुमार नेम्वाङ १ हजार ९१० र राजेन्द्र कुमार राई १ हजार ८३६ मतका साथ बिजयी हुनु भएको छ । भाष्कर काफ्ले ७२६ मत प्राप्त गर्नुभएको छ । प्रदेश नम्बर १ मा महिला तर्फ उषाकला राई १ हजार ८७५, मञ्जु भण्डारी १ हजार ७९० मत र मेनुका काफ्लेले १ हजार ६३४ मतका साथ बिजयी हुनु भएको छ । निरा खनालले ६१४ मत प्राप्त गर्नुभएको छ ।
सुदुरपश्चिम प्रदेश महिलामा कमला कुमारी ओली १ हजार ७८६ मत, कुमारी कमला बोहोरा १ हजार ७३० मत र सन्तोष शर्मा थापाले १ हजार २६९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । पशुपति कुँवरले ५२८ र मन्जु मलासीले ६५७ मत प्राप्त गर्नुभएको थियो ।
मतपरिणाम अनुसार दलित खुल्ला सदस्यमा १ हजार ८५६ मतका साथ इश्वरी रिजाल, १ हजार ८५८ मतका साथ गोविन्द वहादुर नेपाली, जंगबहादुर नेपाली १ हजार ७५५, जीतु गौतम १ हजार ८८५ मत, पुरनसिंह दयाल १ हजार८४६ मत, बोमबहादुर विश्वकर्मा १ हजार ८४३, रामदयाल मण्डल १ हजार ८२८ र रामप्रित रामले १ हजार ७४० मतका साथ विजयी हुनु भएको छ । नरबहादुर विकले ७६६ मत प्राप्त गर्नुभयो ।
थारु खुल्ला सदस्यमा गौरीशंकर थारु चौधरीले १ हजार ८६२ कृपाराम रानाथ १ हजार ८२८, बलबिर प्रसाद चौधरी १ हजार ८२९, बैजनाथ चौधरी १ हजार ७६३, जयप्रकाश थारु १ हजार ७५३ मतका साथ विजयी हुनु भएको छ । नरुलाल चौधरीले ७१९ मत प्राप्त गर्नु भएको छ ।
सदस्य पिछडिएको क्षेत्रबाट भैरव सुन्दर श्रेष्ठ, १ हजार ७७६, मोहन बानिया १ हजार ८१८, लालबहादुर थापा १ हजार ७०२ मत ल्याएर विजयी हुनु भएको छ । भरत साउदले ६२८ मत ल्याउनुभएको थियो ।
खुल्ला सदस्यमा अग्नि प्रसाद खरेल १७८४, अच्युत प्रसाद मैनाली १७६३, अरुण नेपाल १७८४, कमल प्रसाद चौलागाई १७४०, कपिलदेव पोखरेल १५६६, कर्णबहादुर थापा १७०५, काशनाथ अधिकारील १८०६, किरण गुरुङ १८११, किरण पौडेल १६४४, बिशोर बित्रम मल्ल १७८७, कुमार दसौदी १६५०, कृष्ण गोपाल श्रेष्ठ १७४५, कृष्णप्रसाद दाहाल १७११, कृष्णप्रसाद पौडेल, १६७७, कृष्णबहादुर थापा १७२६, खगराज अधिकारी १७९७, खड्कबहादुर खड्का १५८८, खिमलाल भट्टराई १७६९, गणेशकुमार पहाडीले १७८१ मत ल्याई विजयी हुनु भएको छ ।
यस्तैगरी गणेश सिंह ठगुन्ना १७३५, गिर्धारीलाल न्यौपाने १६२९, गुरुप्रसाद बराल १७३०, गोकुलप्रसाद बास्कोटा १७१२, गोरखवहादुर वोगटी १७५०, गोविन्द थापा १६०८, घनश्याम पाण्डे १७२७, घनश्याम भुषाल १२६५, चन्द्रबहादुर खड्का १६६२, चेतनारायण आचार्य १६५०, जगन्नाथ थपलिया १७१६, जीवन घिमिरे १७२२, झपटबहादुर रावल १७२५ र टंकप्रसाद कार्की ९०५ मत ल्याई विजयी हुनु भएको छ । ठाकुरप्रसाद गैरे १८३२, डा. राजन भट्टराई १७५९, दधिराम न्यौपने, १६४१, दयालबहादुर शाही १७१५, दल रावल १६७२, दिवाकर देवकोटा १६२७, देवराज घिमिरे १७५२, देवीप्रसाद ज्ञवाली १८७७, देवेन्द्र दाहाल १७०३, नरबहादुर धामी १७१८, नवराज रावत १७०४, नारायणबहादुर सिलवाल १६४४, निर्मल भट्टराई १४८०, पठानसिंह बोहोरा १६४४ र पर्शुराम मेघी गुरुङले १७८३ मत ल्याई विजयी हुनु भएको छ ।
पार्वत गुरुङले १७९७, पुरुषोत्तम पौडेलले १८०६, प्रकाशबहादुर शासले १७१४, बलराम अधिकारीले १६९०, बालकृष्ण ढुंगेल १६६६, भानुभक्त ढकाल १७९९, भिमप्रसाद आचार्य १३९३, भीमबहादुर कार्की १५९२, भीमबहादुर रावल ९०४, मणिचन्द्र थापा, १६९१, मनोजगंग थापा १५४२, महेश बस्नेत १७२४, माधवप्रसाद अर्याल १६६९, यज्ञराज सुनुवार १७५२, यमलाल कँडेल १७२० र रघुजी पन्तले १७२५ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
रविन कोईराला १६०४, रविन्द्र अधिकारी १६९६, राजबहादुर बुढा क्षेत्री १६००, राजीवन पहाी १६३६, राजेन्द्रप्रसाद गौतम १६३९, राम राना १५४६, रामशरण बस्नेत १५९३, रामेश्वर फुँयाल १६९६, रोमनाथ ओली १५२७, लक्ष्मणराज ज्ञवाली १५४९, लक्ष्मी पोखरेल १४६३, बिनोदप्रसाद ढकाल १५६१, शिवराज सुवेदी १४११, शेरबहादुर तामाङ १७१०, शेरधनराई १६५६, श्रीप्रसाद जवेगु १३४४, सन्जीवकुमार झा १२६८, सूर्य ढकाल १४२३, सूर्य थापा १४८५, सोम मिश्रत १४९४ र हिक्मतकुमार कार्की १५८९ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

निर्वाचनमा २ हजार १५३ मतमध्ये २०९६ मत खसेको थियो । यही १० गते नारायणी नदी किनारमा शुरु भएको उद्घाटनको बन्द सत्र सौराहामा भएको थियो । निर्विरोध गर्ने प्रयास सफल हुन नसकेपछि आज बिहान चार बजेबाट विद्युतीय उपकरणमार्फत् मतदान गरिएको हो । अन्य धेरै क्षेत्रका पदमा भने निर्विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल