December 17, 2019

नयाँ सभामुखको स्वागतका लागि यसरी सिंगारिँदैछ सभामुखको कार्यकक्ष

सभामुखको स्वागतका लागि संघीय संसद् सचिवालयले सभामुखको कार्यकक्ष सिंगारपटारको काम शुरू गरेको छ ।

संसद् सचिवालयस्थित सभामुखको पुरानै कार्यकक्षमा सरसफाइ र सिंगारपटारको काम चलिरहेको छ ।

सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि सभामुखको कार्यकक्ष साढे २ महिनादेखि खाली छ । 

नयाँ सभामुखका लागि सचिवालयले कार्यकक्ष मर्मतको काम गरिरहेको छ ।

सचिवालयका सहसचिव मुरारी महतले सभामुखको कार्यकक्ष मर्मत सम्हारको काम चलिरहेको लोकान्तरलाई जानकारी दिए ।

सभामुखले विदेशी पाहुना भेट्ने कोठाको भित्तामा ‘वाल पेपर’ राख्ने काम चलिरहेको छ । 

संसद्को हिउँदे अधिवेशन पुस ४ गतेदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो कार्यसूची नयाँ सभामुख चयन गर्नेछ ।

राजनीतिक दलहरूबीच सहमति भएमा पुस १० गतेअगावै संसद्ले नयाँ सभामुखको निर्वाचन गर्नेगरी सचिवालयले निर्वाचनको आन्तरिक कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने