May 6, 2017

नयाँ शक्ति नेपालका उम्मेदवारले गरे अपहरणकाे नाटक

काठमाडौं, २३ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ । बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन् ।

 तर नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिका ७ का वडा अध्यक्षका उम्मेद्वार मदन गिरि अपहरणमा परे भन्ने खबरले सनसनी मच्चियो । पार्टीले यही विषयमा विज्ञप्ति पनि जारी गर्यो । बिहीबार नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले निकालेको विज्ञप्तिमा अपहरणको आरोप सत्ताधारी दलका कार्यकर्तामाथी लगाएको छ । गिरी दुई दिन अघि बेलका ७ बजे नयाँ बजारबाट अपहरणमा परेको र उनले अपहरण अगाडि पार्टीका नेतालाई जानकारी गराए लगत्तै मोबाइल स्वीच अफ भएको जानकारी आएपछि महानगरीय प्रहरी आयुक्त कार्यालय, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टिम उनको खोजीमा लाग्यो ।

 अपहरणमा परेका भनिएका गिरी शुक्रबार आफैं प्रहरीको सम्पर्कमा आए । उनले आफू गोकर्णेश्वरको जंगल नजिकै रहेको र हतियारधारी समूहले आफ्नो अपहरण गरेर जंगलमा राखेको बताएपछि प्रहरी टोली गएर उनको उद्धार र्गयो। ‘प्रहरीले भेट्दा जीउभरी हिलो थियो, हातमा पनि सानो चोट थियो’, काठमाडौं प्रहरी परिसरका एसएसपी छबिलाल जोशीले भने,‘उनले चार जना मिलेर अपहरण गरेको दाबी गरे।’

 तर प्रहरीले टेकुमा रहेको परिसरमा ल्याएर सोधपुछ गर्दा दृश्य फेरियो । प्रहरीले पाएको प्रारम्भीक जानकारी र उनले दिएको जानकारी मिलेन । प्रारम्भमा उनले चार जना युवतीले अपहरण गरेको दाबी गरेका थिए । बयानमा उनको दाबी मिलेन । बयानमा उनी जंगलमा लगेर राखेको बताए पनि उनी एक परिचित घरमा बसेको खुल्यो । घटना नाटकीय देखेपछि प्रहरीले केरकार बढायो अनि बल्ल खुल्योः उनको अपहरण भएक होइन उनी आफैंले अपहरणको नाटक गरेका थिए। प्रहरीले प्रारम्भमा नक्कली अपहरण चुनावी चर्चाका लागि गरेको थियो । तर गिरीको बयानबाट अर्कै पाटो खुल्यो ।

 अनुसन्धानमा संलग्न अधिकारीका अनुसार वडा अध्यक्षको उम्मेद्वार बनेपछि पार्टीले अन्य उम्मेद्वारलाई सहयोग गर्नुपर्ने भन्दै ७ लाख रूपैयाँ मागेपछि त्यसबाट जोगिन अपहरणको नाटक गरेको प्रहरी बयानमा खुलाएका छन् । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने