नयाँ शक्तिले ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने

naya-saktiकाठमाडौं , २८ फागुन । नयाँ शक्ति पार्टी, नेपालले आगामी चैत महिनामा ‘हिमाल–पहाड–तराई÷मधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ । फागुन २६ गते संयोजक डा. बाबुराम भट्टराईको विशेष उपस्थितिमा बसेको नयाँ शक्ति पार्टी, नेपालको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । हिमाल, पहाड र तराई÷मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याइ संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । अभियानको पहिलो चरणमा चैत १–७ सम्म आन्तरिक तयारी गर्ने निर्णय भएको छ ।

दोस्रो चरणमा चैत ९–१२ सम्म देशव्यापी रुपमा ७ ठाउँमा सभा गर्ने निर्णय भएको छ । नयाँ शक्तिले चैत ९ गते दिउँसो १२ बजे इनरुवामा र दिउँसो ४ बजे लाहानमा सभा गर्नेछ । त्यस्तै चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा गर्नेछ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा सभा हुनेछ । त्यस्तै चैत १२ गते विहान ९ बजे कोहलपुरमा र दिउँसो २ बजे धनगढीमा समा हुनेछ ।

२०७३ चैत १३ गते दिउँसो २ बजे राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठक बसी तेस्रो चरणको कार्यक्रम घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने