नयाँ शक्तिलाई आउने नदिने षड्यन्त्र भयोः बाबुराम

Baburam-Bhattarai

 

१९ चैत, काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराईले नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।

संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह नदिने गरी कानुन बनाएकोतर्फ संकेत गदर्ैै उनले पुराना राजनीतिक शक्तिहरुले विभिन्न हतकण्ठा प्रयोग गरेर नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र रचेको आरोप लगाए ।
शनिबार ललितपुरमा आयोजित राष्ट्रिय युवा अभियानको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै संयोजक डा। भट्टराईले रातारात गुपचुप ढंगले स्थानीय तह निर्वाचन सम्बन्धी ऐन ल्याएको बताए । यो ऐनमार्फत नयाँ राजनीतिक शक्तिलाई चुनावी प्रतिपर्धाबाट रोक्ने काम भएको भट्टराईले बताए ।

सबै दललाई निर्वाचन चिन्ह नदिएसम्म संघर्ष जारी राख्नुपर्ने भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले एक पटक विद्रोहमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णय विरुद्ध भोली अर्थात् चैत २० गतेदेखि राजधानी लगायत जिल्लास्थित निर्वाचन कार्यालयमा धर्ना दिनुका साथै विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने