७ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा प्रस्ताव गरेको छ । उसले झण्डा पनि परिवर्तन गरेको छ ।पार्टीको राजनीतिक समिति र काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले पार्टीको चुनाब चिन्ह र पाँच तारा झण्डा प्रयोग गर्ने निर्णय गरेको हो
नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पिपुल नेपाल सँग भने, ‘आँखा चुनाव चिन्ह र रातो व्याक ग्राउण्डमा सेतो पाँच तारा झण्डा टुंगो लगायौं । निर्वाचन आयोगमा दर्ताको प्रक्रिया पनि अघि बढिसकेको छ ।’
यसअघि चुनाव चिन्ह टुंगो नलागे पनि एक तारा भएको झण्डा नयाँ शक्तिले प्रयोग गर्दै आएको थियो ।
नयाँ शक्तिले पाँच ‘स’ (समतामुलक सम्वृद्धि, समानुपातिक समावेशी सहभागीतामुलक लोकतन्त्र, सुशासन र सदाचार, स्वाधिनता सार्बभौमिकता, समुन्नत समाजवाद)प्रति प्रतिबद्ध रहेको बताउने गरेको छ । यीनै पाँच सलाई प्रतिनिधित्व हुने गरी नयाँ शक्तिले पाँच तारा झण्डा बनाउने निर्णय गरेको हो ।
भट्टराईको राजनीतिक सल्लाहकार भाइराजा
यसैगरी बैठकले संयोजक डा. बाबुराम भट्टराईको राजनीतिक सल्लाहकारमा डा. भाइराजा पाण्डेलाई चयन गरेको छ । लामो समयसम्म संयुक्त राष्ट्रसंघमा काम गरेका उनी भट्टराईका ‘क्लासमेट’ हुन् । अस्कल क्याम्पसमा डा. भट्टराई र पाण्डेले सँगै पढेका थिए । युएनको जागिरबाट अवकाश पाएपछि पाण्डे नयाँ शक्तिमा लागेका हुन् ।
यसैगरी नेपाली सेनाका पूर्वकर्णेल मदन केसी पनि नयाँ शक्तिमा लागेका छन् । पाइलट समेत रहेका केसीलाई कास्की जिल्लाको उत्प्रेरकको जिम्मेवारी दिइएको नयाँ शक्तिका प्रवक्ता देवकोटाले अनलाइनखबरलाई जानकारी दिए ।
नयाँ शक्तिले योग साधना बिभागको संयोजकमा डा. चेतनाथ अधिकारी, वैदेशिक रोजगार विभागको संयोजकमा दानबहादुर तामाङ र खेलकुद बिभागको सहसंयोजकमा देवी सुवेदीलाई चयन गरेको छ । खेलकुद विभागको संयोजक भने राजेन्द्र किराँती छन् ।
नयाँ शक्तिले मासिक लेबी पनि टुंगो लगाएको छ । केन्द्रीय कार्य समितिका सदस्यहरुलाई मासिक एक हजार र केन्द्रीय परिषद सदस्यहरुलाई मासिक पाँच सय लेबी तोकिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द