नयाँ शक्तिमा नयाँ संस्कृति : निर्मल भट्टराई

Nirmal-Bhattarai-193x180
नयाँ शक्तिमा नयाँ संस्कृति
निर्मल भट्टराई
नयाँ शक्तिका अभियन्ता भौतिकवादका अनुयायी हुन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सूत्रबद्ध गरेको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई स्वीकार गर्दै जीवन र जगतलाई हेर्ने प्रत्येक अभियन्ताको प्रारम्भिक स्वीकृति हो । यसमा बहस गर्न सकिन्छ । नयाँ शक्तिको सैद्धान्तिक अवधारणा बहस छलफलको चरणमै छ ।
हजारौं वर्ष अगाडि देखि अस्तित्वमा रहेको अध्यात्मवादी दृष्टिकोण बोकेर अगाडि बढिरहेको सन्दर्भमा विकसित यो विश्व दृष्टिकोणले संसारमा ल्याएको परिवर्तनलाई आत्मसात गर्दै आफ्नो जीवनलाई समेत सोही अनुरुप परिवर्तन गर्नु नयाँ शक्तिको आम चरित्र भित्र पर्दछ । एउटा विशिष्ट चेतनाले पदार्थको सृष्टि गरेको मान्यता राख्ने अध्यात्मवादले त्यस्ता विशिष्ट चेतनाको पूजक बनायो र हजारौं लाखौं मानिसहरुलाई केही मुट्ठीभर शाषकहरुको दास बनाउने प्रयत्न गर्यो । यसको ठीक विपरीत भौतिकवादी दृष्टिकोणले पदार्थको सबभन्दा विकसित मष्तिष्कको गुणको रुपमा चेतनालाई परिभाषित गर्यो । चेतनालाई कुनै अलौकिक विषयवस्तु नभएर पदार्थको गुणको रुपमा परिभाषित गरियो ।
तर भौतिकवादी दृष्टिकोणका अनुयायी भएर अध्यात्मवादी संस्कारलाई पछ्याउने वाम शीर्षनेतादेखि कार्यकर्तासम्म चलन हटेको देखिंदैन । भौतिकवादी दृष्टिकोणलाई केबल भाषण गर्ने विषयवस्तु बनाउने तर पुरानै बनिबनाउ हिन्दुव्यवहारको अवलम्बन गर्ने चलन चल्दै आएको छ । झलनाथ खनालले सपरिवार मनकामना मन्दिर दर्शन गरेको प्रसंग वा माधव नेपालले भारतमा गरेको तीर्थाटनको प्रसंग यहाँ स्मरणीय छ । त्यस्तै “कम्युनिष्ट” राष्टपति विद्या भण्डारीको मन्दिरको भ्रमण र पुजा दुबैको हिन्दु आस्थाको अभिव्यक्तिको रुपमा यी घटनाहरु भएका हुन् वा धार्मिक पर्यटन प्रवद्र्धन गर्न नेताहरुले गरेको मोडलिङ हो छुट्याउन त कठिन छ तर आफूलाई भौतिकवादी भनाउने नेताहरुको परिवारमा आध्यात्मिकताको प्रभाव चाहिं प्रष्ट रुपमा देख्न सकिन्छ । कार्यकर्ताको तहमा त यस्तो व्यवहारमा खासै भिन्नता देखिंदैन । भौतिकवादले भौतिक उन्नतिको पक्षपोषण गर्छ तर अध्यात्मवाद(उनीहरुको बुझाइमा हिन्दु धर्मले) मानवीयता, आत्मियता, दयाभाव, करुणाको प्रवद्र्धन गर्छ भन्ने गलत पक्षपोषण र दलिल पेश गर्दै हिंड्ने कम्युनिष्ट कार्यकर्ताहरु टोल टोलमा भेटिन्छन् । मानवीयता, आत्मीयता, दयाभाव, करुणा अध्यात्मवादका अंग होइनन्, बरु तिनीहरु मानव चेतनाका अंगहरु हुन् । चेतना नै भौतिक भए पछि भौतिकवादले त्यस्ता पक्षलाई वास्ता गर्दैन भन्नु दृष्टिकोणको दिवालियापन बाहेक केही हुन सक्दैन । दृष्टिकोणमा परिवर्तन नभए सम्म सामाजिक रुपान्तरणका मुद्धालाई अघि बढाउन कठिन हुने मात्र होइन, कहिलेकाहीं अवरोध सिर्जना हुने खतरा उत्पन्न हुन्छ ।
मानिसको जीवनमा विचारको पक्ष सबभन्दा महत्वपूर्ण पक्ष हो । एक जना चिनीया दार्शनिकले विचारलाई उच्च प्राथमिकता दिंदै भनेका छन् “आफ्नो विचारको ख्याल गर किनभने ती शब्द बन्दछन्, शब्दहरुको ख्याल गर किनभने ती कार्य बन्दछन्, कार्यहरुको ख्याल गर किनभने ती बानी बन्दछन्, बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन् , चरित्रहरुको ख्याल गर किनभने ती भाग्य बन्दछन् र भाग्य नै तिम्रो जीवन हुनेछ ।” माओत्से तुङले सिद्धान्त र व्यवहारको सम्बन्धलाई प्रष्ट पार्दै भनेका छन् “सिद्धान्त विनाको व्यवहार अराजक हुन्छ, व्यवहार विनाको सिद्धान्त लङ्गडो हुन्छ ।” यी भनाईमा फरक मत राख्ने ठाउँ छैन । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त बनाउनेले त्यसको ठीक विपरीत कित्तामा रहेको अध्यात्मवादी व्यवहार गर्न सुहाउँदैन ।सिद्धान्तमा भौतिकवादी व्यवहारमा अध्यात्मवादी बन्दा दोहोरो चरित्र देखिन्छ । सकेसम्म यस्ता विषयमा नयाँ शक्तिका अभियन्ताको सन्तुलित व्यवहार अपेक्षित छ । तर समाजमा गरिने धार्मिक शिष्टाचार र लोकाचार छुट्टै विषय हुन् ।
संस्कृतिलाई अर्थनीति र राजनीतिको प्रतिविम्बको रुपमा परिभाषित गरिएको छ । राजनीति र अर्थनीति चाँडै परिवर्तन हुने तर संस्कृतिको परिवर्तन अत्यन्त मन्द गतिमा हुने यथार्थलाई हेर्ने हो भने नेपालमा भएको राजनीतिक–आर्थिक परिवर्तनसंगै सांस्कृतिक परिवर्तनको अपेक्षा राख्नु हतार हुनेछ । सांस्कृतिक परिवर्तन व्यक्तिमा आउने परिवर्तनको समुच्चय भएकोले नयाँ सस्कृतिको निर्माण गर्न नयाँ शक्तिले विशेष कार्ययोजना निर्माण गरी पहलकदमी गर्नु पर्ने आवश्यकता छ । परिवर्तित सन्दर्भमा ज्ञान र भावको सम्प्रेषण गर्नु नेतृत्वको दायित्व भित्र पर्दछ । सयौं वर्ष पहिले राजा महाराजाहरुले आफ्नो स्वार्थ वा मनोरञ्जनको निमित्त सुरु गरिएका कतिपय संस्कृतिहरुको समय सापेक्ष परिवर्तन गर्न व्यक्तिगत एवं राजकीय हस्तक्षेप आवश्यक छ । समृद्धसमाजवादी राज्य व्यवस्था र उत्पादन सम्बन्ध निर्माण गर्न सामन्ती संस्कृति बाधक हुने निश्चित प्रायः छ । नयाँ शक्तिजस्तोपरिवर्तनको बाहक शक्तिले परिवर्तनका विशेष नमूनाहरु देखाउनु र जनतालाई अभिप्रेरित गर्नु ढिला भइसकेको छ ।DSC_0832

विगतका शासन व्यवस्थाले जनजिब्रोमा पुर्याइ दिएका विभिन्न शब्दावलीहरुको नयाँ शासन व्यवस्थामा समेत प्रचुर मात्रामा प्रयोग भइरहेको छ । एउटा कम्युनिष्ट पार्टीका स्थानीय नेताले दोस्रो संविधानसभाको निर्वाचनमा भाषण गरे “नेपाल अधिराज्यमा स्थापित संघीय लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्न अग्रगामी संविधानको आवश्यकता भएकोले सो आवश्यकता पूरा गर्न हाम्रो पार्टी विजयी हुनु आवश्यक छ ।”ती नेतालाई अधिराज्य र गणतन्त्र छुट्टै शासन व्यवस्था हुन् भन्ने हेक्का भएन । कुनै दिन विशेष समय लिएर बामपन्थी सांसदले भाषण गर्दा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी पश्चात् नेपाल अधिराज्यका जनताको आर्थिक संवृद्धि र विकास संभव छ” भनेमा आश्चर्य हुने छैन । नेपालबाट राजतन्त्रको अन्त्य भइसकेपछि आइबक्स्यो, ज्युनार गरिबक्स्यो जस्ता अति आदरार्थी शब्दहरु नेपाली शब्दकोषबाट हटाइयो, पाठ्यक्रमबाट हटाइयो । तर, ती शब्दहरु आज कम्युनिष्ट नेताहरुको चाकडी गर्न धेरैले प्रयोग गरिरहेकै छन् । नेताहरु पनि आपूmप्रति प्रयोग गरिएका यस्ता शब्दावलीबाट प्रफुल्लित नै देखिन्छन् । २०६२ । ०६३ को जनआन्दोलनमा सडकमा गणतन्त्रको चर्को नारा लगाउने स्थानीय कम्युनिष्ट नेता कार्यकर्ताले खाना खाने बखत अप्सानी हाल्दा, “भूपतये स्वाहाः, भूवनपतये स्वाहाः” भने होलान् १प्रचण्डले गरेको भैंसी पुजा चर्चाबाट अझै हराएको छैन ।
नयाँ शासन व्यवस्था अनुरुपको भाषिक परिवर्तन आजको आवश्यकता हो। वाम आन्दोलनले यो असंगतिलाई हटाउन पहल गर्नु आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले मरेपछि स्वर्ग जाइन्छ भन्ने जीवनभर कहिल्यै सोचेनन् तर उनी मरेपछि स्वर्गीय पुष्पलाल भनेर भन्न थालियो । प्रचण्डपुत्री ज्ञानु के.सी.को श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको निमन्त्रण एस् एम् एस् मा भनियो “स्वर्गीय ज्ञानु के.सी.को श्रद्धाञ्जलि कार्यक्रममा प्रचण्ड निवास लाजिम्पाटमा उपस्थित भइदिनु हुन।” एकीकृत नेकपा (माओवादी) को सुनसरी जिल्ला सम्मेलन आयोजक समितिले नयाँ पत्रिकामा समवेदना छाप्यो र मृतात्माको चीर शान्तिको कामना गर्यो । यसमा असंगति के हो भने आत्मा र स्वर्ग भौतिकवादी शब्दकोषमा पर्दैनन् ।
आत्मामा, ईश्वरमा र कुनै धर्ममा खुलेर विस्वास गर्न पाइन्छ । लोकतन्त्रले यसमा कसैलाई रोकतोक गर्दैन । तर भनाई र गराईमा तालमेल नभए नेता कार्यकर्ताप्रति जनताको विश्वासको पारो घट्छ भन्ने आशय हो यो ।नेतृत्वको सांस्कृतिक, भाषिक व्यवहार समाजले अनुशरण गर्न योग्य हुनु त्यत्तिकै आवश्यक छ । देशभर सञ्चालन हुने सांस्कृतिक चाडपर्व, रीतिरिवाज र संस्कारका वैज्ञानिक पक्षहरु र परिवर्तित सन्दर्भमा असान्दर्भिक पक्षहरुलाई केलाएर असान्दर्भिक र अव्यवहारिक पक्षलाई हटाउने साहस सामाजिक रुपान्तरणका अभियन्ताहरुले गर्न सक्नु पर्दछ । नयाँ शक्तिका अभियन्ताले त यसलाई प्रमुख विषय बनाउनु पर्छ । नयाँ शक्तिभित्र देखा पर्ने विचार र पृष्टभुमिका भिन्नतालाई न्यूनीकरण गर्न साझा नयाँ संस्कृति निर्माण हुनु अति जरुरी भइसकेको छ । नेतालाई देवत्वकरण नगर्ने, खादा, टिकालगायतका भड्किलोपन नदेखाउने नयाँ शक्तिको शुरुवात सर्वत्र अनुसरण हुन थालेको छ । नयाँ संकृतिको शुरुवात यसरी नै हुने हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल