May 1, 2017

नयाँ शक्तिबाट उम्मेदवारी दिए ज्यान मार्ने धम्की

काठमाडौं, १८ वैशाख । गोरखा जिल्लाको भीमसेन गाउँपालिका वडा नं. ५ मा नयाँ शक्तिबाट उम्मेदवारी दिन लागेका कृष्ण पोखरेलको घरमा यतिबेला आतंक छाएको छ ।

नयाँ शक्ति पार्टीबाट वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय गरेसँगै आइतबार राति पाखरेलको चावहिल स्थित डेरामा अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको हो । मुखमा पट्टी बाँधेर मोटर साइकल चढेर गएका केही युवाहरुले नयाँ शक्तिबाट उम्मेदवारी दिइस् भने सिद्धिन्छस् भन्दै धम्की दिएपछि उनको परिवार आतंकित बनेको छ ।

उक्त वडामा नयाँ शक्ति र सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा रहेको छ । आइतबार नै सोही वडाको रिट्ठेपानीका माओवादी केन्द्रका नेताहरु ठमेलको एक रेष्टुरेन्टमा पोखरेललाई नयाँ शक्तिबाट उम्मेदवारी दिनबाट रोक्ने तयारी गरेको स्रोतले जनाएको छ । ‘कृष्ण पोखरेल उठे भने उनले जित्छन्, त्यसैले उनलाई जसरी भए पनि रोक्नुपर्छ,’ ठमेलका एक होटल सञ्चालकले उनीहरुको कुराकानीको अंश उद्धृत गर्दै भने ।

धम्कीपछि पोखरेलको परिवार आतंकित भएको र उनलाई निर्वाचनमा सहभागी नहुन अनुरोध गरेको पारिवारिक स्रोतले जनाएको छ ।

त्यसै गरि काभ्रे जिल्ला, चौरी देउराली गाउँ पालिका, वडा नं ५ का नयाँ शक्तिको वडा अध्यक्षको उम्मेद्धार दिनेश गौतमलाई अज्ञात समुहले धम्कि दिएको र उक्त धम्कि दिने व्यक्तिको नाम, नम्बर, र उ सम्मिलित पार्टी समेतको पहिचान नयाँ शक्तिले गरि सम्बन्धित सवै राट्रिय तथा अन्र्तराष्ट्रिय मानवअधिकार संस्था र नेपाली सुरक्षा निकायको साथै निर्वाचान आयोगमा पठाउँने तयारी गरेको  छ ।  स्रोतको अनुुसार ति धम्कयाउने व्यक्तिहरु नेपली कंग्रेस र माओवादी केन्द्रका रहेको बुझिन आएको छ ।

उक्त वडामा निज दिनेश गौतम स्वच्छ छवि र युवा समाजसेवी भएको कारण उनिप्रति जनताको विश्वास र आशा भएकोले जनमत उनितर्फ खनिने निश्चिता भएकोले  माओवादी केन्द्रका उम्मेद्धार दिननाथ गौतमको नीदहराम भएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने