नयाँ शक्तिको प्रवास संगठन कोरियामा अधिवेशनको असन्तुष्टि छताछुल्ल, सचिवालय सदस्य किराँतीद्धारा पार्टी परित्यागको घोषणा

depan-253x450नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका सचिवालय सदस्य दिपेन किरातिले पार्टी परित्यागको घोषणा गरेका छन । संगठनको सस्थापक सदस्य समेत रहेका किरातीले सामाजिक सञ्जाल फेसबुक स्टाट्स लेखेर  साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् ।

फेसबुकको स्टाट्समा किराँतीले पार्टीको नीतिमा अत्यन्तै फितलोपन देखिएको साथै कोरियाको संगठन भित्र विचार र निष्ठाको राजनीति भन्दा पदिय लोलुपता र अवसरबादले गाजेका व्याक्तिहरुको हालिमुहाली रहेको आरोप लगाएका छ्न ।  त्यस्तै हाल अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको संगठनको आकार खुम्चिएर उपभोक्ता समिती जस्तो बनेको आरोप समेत लगाउदै भनेका छन,’ संगठनको लागि हिजो जस्तो सुकै डिफेन्स लिन तयार हुने हस्ती साथिहरु अहिले पुरै निश्कृय बनेका छन । जस्को ज्वलन्त उदाहरणको लागि सेप्टेम्बर १६ को कार्यक्रम र प्रथम अधिबेशनको कार्यक्रमलाई नै लिन सकिन्छ ।’ सेप्टेम्बर १६ मा झण्डै ७०० को हाराहारिमा मानिस उतार्ने संगठनको ४ महिना पछि भएको अधिबेशनमा मुस्किलले १०० जना समेत उपस्थित नभएको बताउदै संगठन अब उपभोक्ता समितिमा सिमित भएको छ भनेका छन । विभिन्न अनलाइन समाचारमा आएका कोरियाको क्षेत्रलाई व्यंग्य गर्दै थपेका छन,’कोरियालाइ संघीयतामा लगेर क्षेत्र निर्धारण गरिएको छ तर सदस्य संख्या लाज मर्नु छ जस्तै म ५ नम्बरको सदस्य रे ५ नम्बरमा जम्मा ५ जना छौ । यो कस्तो क्षेत्र निर्धारण हो ? उनले संक्षिप्तत कुराकानिमा भने ।

प्रथम अधिवेशनको पुर्बसन्ध्यादेखि नै संगठन भित्रका पदाधिकारीमा अत्यन्तै तिक्तता बढेको र हाल जिम्मेवार सदस्यहरु यसरी बाहिरिदा संगठनलाई निकै ठुलो झट्का परेको बताउदै एक केन्द्रिय सदस्यले भने ‘पछिल्लो समयमा संगठन भित्र व्यापक असन्तुष्टि बढेसंगै अत्यन्तै जिम्मेवार साथिहरु पुर्ण रुपमा निश्कृय बन्नु र अन्य साथिहरुले पार्टीनै परित्याग गर्नु संगठनको लागि बिल्कुल शुभ संकेत होइन। नेतृत्वले बेलैमा सकारात्मक भुमिका खेल्न नसके संगठनको साख जोगाउन मुस्किल पर्ने देखिएको छ ।’

को हुन दिपेन किराँती ?

झन्डै साढे २ बर्ष अगाडि कोरिया आएका किराँती तत्कालिन नेकपा माओबादीले गरेको १० वर्षे सशस्त्र जनयुद्धका लडाकु हुन् ।२०५७ सालबाट प्रारम्भिक राजनिती शुरु गरेका किरातिले २०५८ सालमा विद्यालय अनेरास्ववियु पराम्भिक कमिटिअध्यक्ष हुँदै २०५९ साल असार बाट पुर्णकालिन रुपमा भुमिगत भएका हुन् ।

साना ठुला आधा दर्जन भन्दा बढी युद्दमा प्रत्क्ष्य सहभागी भएका किराँती २०६० साल असोज जमारे औशीको दिन खोटाङको सत्यश्वर छिटापोखरी र डाडागाऊ गाबिसको सिमानामा भएको भिडन्तमा समेत समाबेश भएका थिए । त्यसै साल खोटाङ्को यामखा गाबिसबाट पक्राउ परेका किराँतीले विभिन्न सैनिक ब्यारेकहरुमा ११ महिना कठोर हिरासतमा बिताएका छन् भने मानव अधिकारकर्मिको पहलमा २०६१ सालमा मुक्त हुँदै पुन २०६१ सालबाट राजनितिमा सकृय हुँदै आएका छन् । नयाँ शक्ति पार्टीको उदय संगै अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको सथापक सचिबालय सदस्य रहेका किराँतीले प्रथम अधिबेशनमा भने महासचिवको उम्मेदवारीबाट पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित