नयाँ शक्ति कोरियाको संगठनमा असन्तुष्टि छताछुल

depan-253x450नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका सचिवालय सदस्य दिपेन किरातिले पार्टी परित्यागको घोषणा गरेका छन । संगठनको सस्थापक सदस्य समेत रहेका किरातीले सामाजिक सञ्जाल फेसबुक स्टाट्स लेखेर साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् ।

फेसबुकको स्टाट्समा किराँतीले पार्टीको नीतिमा अत्यन्तै फितलोपन देखिएको साथै कोरियाको संगठन भित्र विचार र निष्ठाको राजनीति भन्दा पदिय लोलुपता र अवसरबादले गाजेका व्याक्तिहरुको हालिमुहाली रहेको आरोप लगाएका छ्न । त्यस्तै हाल अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको संगठनको आकार खुम्चिएर उपभोक्ता समिती जस्तो बनेको आरोप समेत लगाउदै भनेका छन,’ संगठनको लागि हिजो जस्तो सुकै डिफेन्स लिन तयार हुने हस्ती साथिहरु अहिले पुरै निश्कृय बनेका छन । जस्को ज्वलन्त उदाहरणको लागि सेप्टेम्बर १६ को कार्यक्रम र प्रथम अधिबेशनको कार्यक्रमलाई नै लिन सकिन्छ ।’ सेप्टेम्बर १६ मा झण्डै ७०० को हाराहारिमा मानिस उतार्ने संगठनको ४ महिना पछि भएको अधिबेशनमा मुस्किलले १०० जना समेत उपस्थित नभएको बताउदै संगठन अब उपभोक्ता समितिमा सिमित भएको छ भनेका छन । विभिन्न अनलाइन समाचारमा आएका कोरियाको क्षेत्रलाई व्यंग्य गर्दै थपेका छन,’कोरियालाइ संघीयतामा लगेर क्षेत्र निर्धारण गरिएको छ तर सदस्य संख्या लाज मर्नु छ जस्तै म ५ नम्बरको सदस्य रे ५ नम्बरमा जम्मा ५ जना छौ । यो कस्तो क्षेत्र निर्धारण हो रु उनले संक्षिप्तत कुराकानिमा भने ।

प्रथम अधिवेशनको पुर्बसन्ध्यादेखि नै संगठन भित्रका पदाधिकारीमा अत्यन्तै तिक्तता बढेको र हाल जिम्मेवार सदस्यहरु यसरी बाहिरिदा संगठनलाई निकै ठुलो झट्का परेको बताउदै एक केन्द्रिय सदस्यले भने ‘पछिल्लो समयमा संगठन भित्र व्यापक असन्तुष्टि बढेसंगै अत्यन्तै जिम्मेवार साथिहरु पुर्ण रुपमा निश्कृय बन्नु र अन्य साथिहरुले पार्टीनै परित्याग गर्नु संगठनको लागि बिल्कुल शुभ संकेत होइन। नेतृत्वले बेलैमा सकारात्मक भुमिका खेल्न नसके संगठनको साख जोगाउन मुस्किल पर्ने देखिएको छ ।’

को हुन दिपेन किराँती रु

झन्डै साढे २ बर्ष अगाडि कोरिया आएका किराँती तत्कालिन नेकपा माओबादीले गरेको १० वर्षे सशस्त्र जनयुद्धका लडाकु हुन् ।२०५७ सालबाट प्रारम्भिक राजनिती शुरु गरेका किरातिले २०५८ सालमा विद्यालय अनेरास्ववियु पराम्भिक कमिटिअध्यक्ष हुँदै २०५९ साल असार बाट पुर्णकालिन रुपमा भुमिगत भएका हुन् ।

साना ठुला आधा दर्जन भन्दा बढी युद्दमा प्रत्क्ष्य सहभागी भएका किराँती २०६० साल असोज जमारे औशीको दिन खोटाङको सत्यश्वर छिटापोखरी र डाडागाऊ गाबिसको सिमानामा भएको भिडन्तमा समेत समाबेश भएका थिए । त्यसै साल खोटाङ्को यामखा गाबिसबाट पक्राउ परेका किराँतीले विभिन्न सैनिक ब्यारेकहरुमा ११ महिना कठोर हिरासतमा बिताएका छन् भने मानव अधिकारकर्मिको पहलमा २०६१ सालमा मुक्त हुँदै पुन २०६१ सालबाट राजनितिमा सकृय हुँदै आएका छन् । नयाँ शक्ति पार्टीको उदय संगै अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको सथापक सचिबालय सदस्य रहेका किराँतीले प्रथम अधिबेशनमा भने महासचिवको उम्मेदवारीबाट पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने