नयाँ शक्तिको नेतृत्वमा ५६ दलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

Dr.-Baburam-Bhattarai-and-Prachandकाठमाडौँ, १८  चैत । चुनाव चिह्नका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साना दलले हिजो  संयुक्त  ज्ञापन पत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित विभिन्न साना दलले ज्ञापन बुझाएका हुन् । ज्ञापनपत्रमा संसद्मा रहेका दलले मात्र देशभर एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीले ऐनमा भएको व्यवस्था परिवर्तन गर्न संसद्मा बहुमत चाहिने र त्यसका लागि प्रमुख राजनीतिक दलबीच समझदारी हुनुपर्ने भएकाले आफूले तुरुन्तै नेपाली काँग्रेस, नेकपा(एमाले)सहितका दलसँग छलफल गर्ने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसहित ६२ दलका नेताहरु स्थानीय तह निर्वाचन ऐन ०७३ मा रहेका त्रुटी सच्याउन प्रचण्डलाई दबाब दिन बालुवाटार पुगेका थिए। व्यवस्थापिका संसद बाहिर रहेका दलहरुलाई दलगत पहिचानसहित निर्वाचन चिन्ह नदिने व्यवस्थाका बिरुद्धमा प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन बालुवाटार पुगेका ती दलहरुले बहुदलीय लोकतन्त्रको मर्म र संविधान विपरितको व्यवस्था स्थानीय तह निर्वाचन ऐनबाट हटाउन माग गरेका छन् । त्यस्तो व्यवस्था ४८ घण्टा भित्र नसच्याएमा कडा आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक