नयाँ वर्षमा नेपाल टेलिकमको ग्राहकहरुलाई अफर

nepal-telecom-696x407काठमाडौ ३० चैत्र,नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्तालाई बिभिन्न किसिमका सेवामा सहुलियत प्रदान गरेको छ । कम्पनीले नयाँ वर्षको प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याएको छ । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्तालाई एमपोस तथा रिचार्ज कार्ड मार्फत सय र दुई सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत एवं पाँच सय र हजारको कार्डको रिचार्जमा १५ प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

यसको भ्यालिडिटि तीन दिनको हुने कम्पनीले जनाएको छ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ । डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई चैत्र ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ ।
यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी ४.५ पैसा देखि २५ पैसा मात्र पर्नेछ कम्पनीले जनाएको छ । अल

टाइम डाटा प्याकेज सेवा लिनका लागि ‘डाटा’ टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न ‘नाईट’ टाइप गरी आफूलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा