०७२ को भूकम्पमा परी ढलेको सिंहदरबारको पूर्वी भाग झण्डै ६० करोड खर्चेर प्रबलीकरण सम्पन्न भएको छ । यही मसान्तभित्र आन्तरिक सजावटका काम फत्ते गरी त्यहाँ प्रम कार्यालय सार्ने तयारी धुमधामसाथ चल्दै छ । सिंहदरबार पूर्वी भागको प्रबलीकरणको काम सकी आन्तरिक सजावटको काम भइरहेको र मंसिर मसान्तभित्र सम्पन्न गरी त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का आयोजना निर्देशक झप्परसिंह विश्वकर्माले बताए ।
ऐतिहासिक र मौलिकतामा कुनै क्षति नहुने गरी प्राधिकरणले प्रबलीकरण (रेट्रोफिटिङ) विधिमार्फत यो भवनको पुनर्निर्माण सके पनि फायर फाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षालगायतको काम भइराखेको छ । उता झण्डै ५१ करोड खर्चेर सिंहदरबार पश्चिमपट्टि मोहडाको पुनर्निर्माण चल्दै छ । सिंहदरबार पश्चिम मूल ढोकापट्टि सेनाको भवन, सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवनसमेत बन्नेछ । उता, पुतली बगैँचामा झण्डै ७ अर्ब लागतमा सांसदहरूको सुविधासम्पन्न भवन निर्माण चल्दै छ ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसद् सचिवालयसहित ११ वटा तीनतले भवन सहित झण्डै १ सय ७४ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन बन्न लागेको हो । शहरी विकास आयोजनाका अनुसार त्यहाँ झण्डै ८ सय वटा सवारी साधन पार्किङ गर्न मिल्नेछ । जसको १० प्रतिशत काम मात्र सकिएको छ ।
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा
खिमलाल देवकोटा २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित