नदी किनारमा भेटिएको बाबुछोरीको शव , जसले विश्वलाई रुवायो

असार ११, काठमाडौं : नदी किनारमा भेटिएको बाबुछोरीको शवको तस्विरले एकपटक विश्वलाई तरंगित बनाएको छ ।

8a1f6d418ddd9fc7c55dfe8924f4a99b_w1000_h500_cp

रियो ग्रान्ड नदीको घाँसे किनारामा देखिएका बाबुछोरीको शवले त्यहाँको शरणार्थीको अवस्था पनि चित्रित गरेको छ, जुुन निकै विरक्तलाग्दो छ । उनीहरु शरणार्थी हुन् ।

अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको यो दृश्यले फेरि शरणार्थीको गहिरो घाउलाई सतहमा ल्याइदिएको छ । पत्रकार जुलियाले खिचेको सो तस्विरले दुनियाँ फेरि रोएको छ ।

मेक्सिन मिडियाका अनुसार यो तस्बिरमा देखिएका दुई बाबुछोरी एल साल्भेडरमा बस्दै आइरहेका अस्कर एलबेर्तो मारटिनेज यामिरेज र उनकी छोरी बलेरियाको हुन् । उनीहरु आफ्नो अस्थायी बासस्थान छोडेर शरणार्थीका रुपमा अमेरिका जान चाहन्थे । पटकपटक यसको प्रयास पनि गरेका थिए ।

उनीहरुले पटकपटक अमेरिका पुग्न खोज्दा प्रयास सफल नभएपछि परिवार नै तनावमा रहेको थियो ।

आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि नदी किनारामा बसेर आफ्नी श्रीमतीलाई प्रतीक्षा गरे। तर त्यति नै बेला उनकी छोरी बेलेरिया पानीमा खसिन्।

उनलाई बचाउन उनी पनि नदीमा हाम फाले । छोरी बचाउन उनले सक्दो प्रयास गरे । तर सकेनन् । छोरीलाई पानीमा त भेटाएका थिए । तर जीवित छोरीलाई लिएर पानीबाहिर आउन हाम फालेका बाबुको नै मृत्यु भयो । तस्विरमा छोरीले आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको देखिन्छ । उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन्।

यसपछि बालिकाकी आमा अर्थात् कुर्दीकी श्रीमती विक्षिप्त बनेकी छन्। अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण