नङ फुले मा के हुन्छ ?

नङ_फुल्यो__नयाँ_कपडा_लगाउन_पाइन्छ_भनेर_मख्ख_नपर्नुहोस्_1308
काठमाण्डौ । नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । तर  नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो होइन ।  समस्या हो ।
 नङ फुल्नुका कारण
१.  एलर्जी प्रतिकृया : नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ । नङ पालिसमा हुने विभिन्न रसायनले नङको भित्री भागमा असर गर्छ ।
२. नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ । घाइत भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन । ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ ।
३. क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ । तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस ।
४. प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ । यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ ।
५. जिंकको कमीः मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ । जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ । गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ ।
६. गम्भीर रोगको लक्षण : नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ । तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन ।
समाधानका उपाय
– भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने
– मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ
– क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस
– भिटामिन सि युक्त फलफुल खाने
– जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि