धुर्मुसलाई प्रधानमन्त्री बनाउन माग

 dhurmus-thulo

श्रावण ३१, काठमाडौं । धुर्मुस कोशी पुगेर उद्धार गर्दै गर्दाका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भए पछी समर्थक शुभचिन्तकहरुले उनलाई नेपालको प्रधानमन्त्री भन्दा ठुलो मान्छे भन्दै सामाजिक सञ्जालमा प्रसंसा गर्न थालेका छन् ।

धुर्मुसका फ्यानहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायतको सरकारी टोली हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको निरक्षण गरिरहेको प्रति व्यंग्य गर्दै त्यस्ता नेता र मन्त्री हुनुभन्दा धुर्मुसलाई नेपालको प्रधानमन्त्री बनाउने ठिक हुने तर्क गरेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरुले कतिपय ठाउँमा निरीक्षण गर्न गएर विमानस्थलबाटै फर्किएको समाचार आइरहेका बेला कलाकार धुर्मुसले प्रभावित क्षेत्रमै गएर पीडितको उद्धार गरी राहत समेत वितरण गरेको भनेर सामाजिक सञ्जालमा धुर्मुसको चौतर्फी तारिफ र प्रशंसा भइरहेको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तारिफ गर्दै उनी प्रधानमन्त्री हुनुपर्छ भन्ने तर्क सहितका स्टाटसहरु पोस्ट गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने