March 18, 2020

धार्मिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

विश्वभरी कोरोनाको प्रकोप बढेसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ । अहिलेसम्म कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नआए पनि सरकारले कोरोनालाई गम्भिर रुपमा लिई यसको प्रवेशलाई नै निषेध गर्ने योजना बनाएको छ ।

सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तिरीय समितिको आजको बैठकले अत्यावश्यक काम बाहेक कसैलाई पनि घर बाहिर नजान अपिल सहितको आदेश जारी गरेको छ ।

सरकारद्वारा जारी १५ बुँदे आदेशमा कोरोनाको संक्रमणबाट जोगिन सामाजिक, साँस्कृतिक र यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दीर, गुम्बा, चर्च, मस्जिद लगाएतका धार्मिक स्थलहरुमा २५ जना भन्दा धेरै भेला नहुन सर्वसाधारणका लागि अपिल सहितको आदेश जारी गरेको छ ।

बैठकले धेरै मानिसहरु जमघट हुने ठाँउहरु फिल्महल, डान्सक्लव लगाएतका मजोरञ्जनका सम्पूर्ण स्थानहरुमा अप्रिल ३० तारिकसम्मका लागि बन्द गरिएको छ।

साथै बैठकले जारी गरेका अपिलहरुको कार्यान्वयनको अनुगमन प्रदेश सरकार र स्थानीय तहले समेत गर्नेछन् भनि निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने