धादिङको ज्वालामुखि गाउँपालिकामा ४१ मिनेटको बृतचित्र निर्माणमा १७ लाख भ्रष्टाचार !

धादिङ,पौष  १४ । सामान्य त एउटा भिडियो रिपोर्ट बनाउन कति रुपैयाँ लाग्छ ? १/२ लाख वा ५ लाख रुपैयाँ ! एक घण्टाको खोजमुलक रिपोर्ट बनाउन पनि केही लाख रुपैयाँ लाग्नु स्वभाविक हो । तर, धादिङको ज्वालामुखि गाउँपालिकाले गाउँपालिकाको ४१ मिनेटको भिडियो रिपोर्ट ‘बृतचित्र’ बनाउन १७ लाख रुपैयाँ खर्च गरेको छ ।

गाउँपालिकाले बृत्त चित्र निर्माणमा भ्रष्टाचार गरेको भन्दै महालेखा परिक्षकको वार्षिक प्रतिवेदनले नै ठहर गरेको छ ।

महालेखाले ज्वालामुखि गाउँपालिकाले भिलेज प्रोफाइल निर्माणका लागि खर्चिएको १७ लाख ४५ हजार ८ सय ५० रुपैयाँ बेरुजु निकालेको छ ।

 

बृत्त चित्रको परिकल्पना गाउँपालिका अध्यक्ष विनोदराज तिमिल्सेना र गाउँपालिका उपाध्यक्ष जानुका सिंखडाले गरेको उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साले परिकल्पना तथा निर्देशन गरेको ४१ मिनेट २६ सेकेण्डको उक्त भिडियो निर्माणका लागि यतिका रकम खर्चिएको हो ।

 

विजनेश म्यानेजमेन्ट सर्भिसेस प्रा.ली नागार्जुनले निर्माण गरेको भनिएको उक्त बृत चित्रमा कतिपय विषय वस्तु चोरीको समेत आरोप छ ।

गाउँपालिका अध्यक्ष तिमल्सेना र उपाध्यक्ष जानुका सिंखडाको मिलेमतोमा गाउँपालिकामा चरम भ्रष्टाचार हुँदै आएको स्थानियबासीको आरोप छ । पालिका अध्यक्ष तिमल्सेनाले वडा नम्बर ४ स्थित बराहाकालिका स्कुल नजिकै ठूलो महल नै बनाएको आरोप स्थानियबासीको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)