बस दुर्घटनाबाट धादिङमा ६ को मृत्यु, १२ घाइते

buss-1काठमाडौं, १४ जेठ । नीलकण्ठ नगरपालिका-१० गोलाभन्ज्याङ भकारेमा यात्रु बोकेको स्कुल बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

गोलाभन्ज्याङबाट  त्रिपुरेश्वरको खहरे बजारतर्फ जाँदै गरेको खहरे बोर्डिङ स्कुलको ग १ ख ३४०५ नम्बरको बस यात्रु लिन आउँदा दुर्घटना भएको हो । उक्त बस भकारेमा करिब डेढ सय मिटर तल खसेको घटनाको प्रत्यक्षदर्शीले जानकारी दिए । सदरमुकामबाट घटना स्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी गएको छ ।

उद्धारमा संलग्न युवक कुवेर धरेलका अनुसार १२ जना घाइते को उद्धार गरिएको छ । अन्य दिन उक्त रुटमा चल्ने गाडी बिग्रेपछि उक्त बस बोलाइएको थियो । बिग्रेको बसबाट सबै यात्रु स्कुल बसमा राखेर छ्तमा सामान बाँध्ने क्रममा रोकेको बस ओरालोमा गुडेको थियो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न