धनाढ्य उम्मेदवारलाई छानीछानी टिकट

shunab-election-pradesh-chunab-nepal

काठमाडाैं, २ मंसिर । मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ । पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार प्रतिस्पर्धामा छन्, तीमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन तथा एमाले-माओवादी गठबन्धनका गरी ३६ जना छन् । यी तीनवटै दलले उठाएका अधिकांश उम्मेदवार धनाढ्य छन् ।

पर्सा १ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले उद्योगपति एवं निवर्तमान सांसद अनिल रुँगटालाई उठाएको छ । दोस्रो संविधानसभाका समानुपातिक सभासद् रुँगटाको वीरगन्ज-पथलैया औद्योगिक कोरिडोरमा रहेका थुप्रै उद्योगमा साझेदारी छ । दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचित राजेन्द्रबहादुर अमात्य र रुँगटाबीच मनोनयनको दिनसम्म टिकटका लागि निकै रस्साकस्सी चलेको थियो । तर, विपक्षी दलका उम्मेदवारले चुनाव जित्न रकमको ठूलो चलखेल गर्ने संकेत पाएर अन्तिम समयमा कांग्रेसले रुँगटालाई टिकट दिएको कांग्रेस पर्सा जिल्ला कार्यसमितिकै एक सदस्य बताउँछन् । यस क्षेत्रमा चुनावका लागि पैसाको ठूलै चलखेल हुने चर्चा व्यापक रूपमा चलेको छ,’ उनले भने, ‘त्यही भएर हामीले पनि उद्योगी रुँगटालाई उठाएका हौं।’

सोही क्षेत्रमा राजपा र फोरम नेपालका साझा उम्मेदवार प्रदीप यादव छन् । मधेस आन्दोलनपछि चर्चामा आएका यादवकै विशेष जोडबलमा वीरगन्ज महानगरपालिकाको मेयरमा फोरमका विजय सरावगी निर्वाचित भएका थिए । यादव पनि आर्थिक रूपमा सबल नै छन् । फोरमभित्र यस क्षेत्रका लागि अरू कोही नेता आकांक्षी नभएका कारण यादवले सहजै टिकट पाएका हुन् ।

वाम गठबन्धनबाट क्षेत्र १ मा एमालेका निवर्तमान सांसद विचारी यादव प्रतिस्पर्धामा छन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा पर्सा-२ बाट निर्वाचित भएका थिए । उनी पनि आर्थिक रूपमा सबल उम्मेदवार मानिन्छन् । पर्सा-१ मा कांग्रेस, फोरम र एमाले तीन दलले उठाएका उम्मेदवार हेर्दा यहाँ सबैभन्दा बढी पैसाको चलखेल हुने देखिन्छ ।

पर्सा-२ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट केन्द्रीय सदस्य एवं पूर्वसभासद् अजय चौरसिया, राजपा र फोरम नेपालको गठबन्धनबाट वीरगन्जका पूर्वमेयर विमल श्रीवास्तव र वाम गठबन्धनबाट माओवादी केन्द्रका मुजालिम मियाँ उम्मेदवार छन् । यसमा माओवादीको जनमत कम भएका कारण कांग्रेसका चौरसिया र राजपा-फोरम गठबन्धनका श्रीवास्तवबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

एकपटक सांसद, एकपटक सभासद् र एकपटक राज्यमन्त्रीसमेत भइसकेका चौरसियाको पारिवारिक आर्थिक अवस्था सबल नै छ । पुख्र्यौली सम्पत्तिका साथै चौरसियाको केही व्यापारमा पनि लगानी छ । राप्रपा, तमलोपा, राजपा, लोकतान्त्रिक फोरम हुँदै मनोनयनको एक साताअघि मात्र फोरम प्रवेश गरेका श्रीवास्तव पनि खर्च गर्न पछि नपर्ने उम्मेदवार हुन् ।

पर्सा-३ मा कांग्रेसका सुरेन्द्र चौधरी, वाम गठबन्धनबाट एमालेका राजकुमार गुप्ता र राजपा-फोरमका हरिनारायण रौनियार मैदानमा छन् । निवर्तमान सांसद चौधरी पूर्वमन्त्री पनि हुन् । पुख्र्यौली सम्पत्ति राम्रै भएका कारण उनलाई पैसावाल उम्मेदवारका रूपमा हेरिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट पर्सा-३ मा निर्वाचित गुप्ता पनि व्यापारिक पृष्ठभूमिका हुन् । वीरगन्जमा उनको स्टिलका भाँडाकुँडा र चक्लेट उद्योग छ ।

यसै क्षेत्रमा राजपा-फोरमका उम्मेदवार हरिनारायण रौनियार मुलुकमै नाम चलेका निर्माण व्यवसायी हुन् । पप्पु कन्स्ट्रक्सन प्रालिका सञ्चालक रौनियार आर्थिक हिसाबले कांग्रेसका चौधरी र वाम गठबन्धनका गुप्ताभन्दा बढी सबल छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण