June 29, 2017

धनकुटामा एमालेको अग्रता

१५, असार, धनकुटा । धनकुटाका ७ तहमध्ये ६ स्थानमा नेकपा एमालेको प्रारम्भिक अग्रता देखिएको छ ।

धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमि गाउँपालिकामा पनि दोस्रो चरणको मतगननामा एमालेका मेयर पदका उमेद्वार मनोज राईले ८ सय २९ मत पाएका छन् । कांग्रेसका तीर्थकुमार राईले ३ सय ७५ र माओवादी केन्द्रका भरत सिंह राईले ३ सय ४२ मत पाएका छन् ।

पाखि्रबास नगरपालिकामा एमालेका बिर्खबहादुर राईले २ सय ५ मत पाएका छन् । कांग्रेसका ईन्दिरा थापाले १ सय ३०, राप्रपाका श्याम गुरुङले ३७ मत र नेकपा माओवादीका कृष्ण कटुवालले ३० मत पाएका छन् ।महालक्ष्मी नगरपालिकामा मेयर पदका लागि एमालेका पर्शुराम नेपालले ८१ मत, एमालेका प्रतिद्वन्द्वी कांग्रेसका मेयर पदका उमेद्वार अग्नि पौडेलले १५ र माओवादी केन्द्रका राम नेपालले एक मत पनि पाएका छैनन् ।

त्यस्तै चौबीसे गाउँपालिकामा एमालेका प्रमुख पदका उमेद्वार खजिन्द्र राईले प्रारम्भिक गणनामा ४९ मत कांग्रेसका हर्क चेम्जोङले ३६ र माओवादी केन्द्रका दलबहादुर मगरले ११ मत पाएका छन् ।धनकुटा नगरपालिकामा एमालेले फराकिलो अग्रता लिएको छ । मेयरमा एमालेले ५४५ मत ल्याएको छ भने कांग्रेसले १२५ र माअाेवादीले  ८७ ल्याएका छन्।  राप्रपाकाे  ५५ मत अाएकाे छ ।उता छथर जोरपाटी गाउँपालिकामा पनि एमालेलेे अग्रता लिएको छ । साँगुरी गढी गाउँपालिकामा भने नेपालीका कांग्रेसका जितेन्द्र रुम्दाली राईले २६ पाएर अग्रता लिएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका कुमारजंग याखाले १८ मत र माओवादी केन्द्रका जगत बहादुर राईले ६ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने