द्वन्द्व दुई सांसदको, रोजगारी चट्ट १२२ को

कर्णाली, असार २०ः कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुर्खेतको चिगांड गाउँपालिका २ स्थित जीतेजुवा मेला लाग्ने ठाउँमा खेल मैदान निर्माणको लागि २० लाख रुपैयाँ छुट्यायो ।

समयमै काम भइदिएको भए अहिलेसम्म खेल मैदान निर्माण सम्पन्न हुन्थ्यो । लक्षित बेरोजगारले रोजगारी पाउँथे । तर, प्रत्यक्ष र समानुपातिक दुई सांसदको विवादका कारण खेल मैदान निर्माण हुन सकेन । लक्षित बेरोजगारहरुले रोजगारी गुमाउन पुगे ।

वडाध्यक्ष बुधे खत्री सांसद खड्कबहादुर खत्री र सीता नेपालीको द्धन्द्धका कारण खेल मैदान निर्माणको कामै सुरु हुन नसकेको बताउँछन् ।

पहिले नै यहाँ खेल मैदान छ, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आएको बजेटले खेल मैदन अझ फराकिलो र व्यवस्थित हुन्थ्यो स्थानीयले काम गरेको आधारमा पैसा पाउँथे उनले भने, एक पक्षले आफू अनुकूल उपभोक्ता समिति गठन गर्न नपाउँदा आएको बजेटले कुनै काम हुन सकेन ।

वडाध्यक्ष खत्रीका अनुसार सो क्षेत्रबाट निर्वाचित सांसद खड्क खत्रीको अनुकूल समिति गठन नहुँदा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च नभएको हो । खेल मैदान निर्माणका लागि एक सय २२ जनाले रोजगारीका लागि वडा कार्यालयमा निवेदन दिएक थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा