दोस्रो चरणको निर्वाचनका लागि आयोगको तयारी पूरा

३० जेठ, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

aayodhi-Prasad-Yadav-2-530x240

 

मंगलबार रिपोर्टस क्लबमा बोल्दै उनले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताए । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ ।

प्रमुख आयुक्त यादवले आयोगका तर्फबाट कुनै अप्ठेरो अवस्था नभएको र राजनीतिक दृष्टिकोणबाट भने अझै केही अप्ठेरो अवस्था बाँकी रहेकोे बताए ।  उनले भने, ‘राजनीतिक रुपले केही क्षेत्रमा भने सहज वातावरण भइनसकेको अवस्था छ । सरकार, सत्तापक्ष र असन्तुष्ट दलबीच सहमतिको प्रयास भइरहेको छ । सबै स्थानमा सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ भनी पटक÷पटक गृहमन्त्रालयलाई अनुरोध गर्दै छलफल जारी राखिएको छ ।’

निर्वाचन आयोगले निर्वाचनमा आचारसंहितालगायत निर्वाचन विवाद सम्बन्धी घटनाको अुनगमन गरी विवाद समाधान गर्न सहसचिवस्तरको अनुगमन टोली खटाउने निर्णय गरेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले यसरी खटिने सहसचिवका लागि आजैबाट प्रशिक्षण सुरु गरिएको बताए ।  त्यसबाहेक सुक्ष्म अनुगमन टोली पनि संवेदनशीतलाका आधारमा खटाइने उनको भनाइ छ ।

असन्तुष्ट दलले निर्वाचनको मिति सार्न गरिरहेको आग्रहबारे प्रमुख आयुक्त यादवले असार १४ को निर्वाचनलाई कुनै पनि हालतमा सार्न नमिल्ने स्पष्ट पारे । उनले भने, ‘आमजनता, मतदाता पूर्णरुपमा निर्वाचनको पक्षमा छन् । कुनै हालतमा मिति सर्दैन । मिति सर्ने कुरामा शङ्का नगरौँ । यसका लागि हामी पूर्ण तयारी गर्दै निर्वाचन सफल बनाउन प्रतिवद्ध छौँ । त्यसै चुनाव सर्दैन ।’

मनसुन सुरु हुने महिना भएकाले मध्य असारमा वर्षा हुनेलगायतका प्राकृतिक समस्या आइपर्नसक्ने भन्दै सम्भावित प्राकृतिक समस्या आइपर्ने कुरालाई मध्यनजर गर्दै आयोगले मतदातालाई सुरक्षा दिई मतपेटिकाको सुरक्षित ढुवानीका लागि पनि तयारी गरिसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)