दोश्रो चरणको स्थानीय तहको चुनावमा १ हजार १ सय २२ बृद्ध जनप्रतिनिधि

साउन १, काठमाडौं–  दोश्रो चरण अन्तर्गत प्रदेश नं. १, ५ र ७ मा भएको स्थानीय तहको चुनावमा ४१ देखि ६० बर्ष उमेर समुहका बहुमत जनप्रतिनिधि निर्वाचित भएका छन् । कुल ३ सय ३४ स्थानीय तहमध्ये ३ सय २९ स्थानीय तहमा उमेर समुहका आधारमा हेर्दा २१ देखि ४० बर्ष उमेर समुहका ५ हजार ९ सय ३८ जनप्रतिनिधि विजयी भएका छन् ।

election-commition_yIdPuH9whU
यस्तै ४१ देखि ६० वर्ष उमेर समुहका ७ हजार ७ सय ६४ जनप्रतिनिधि विजयी भएका छन् भने ६१ वर्ष माथिका १ हजार १ सय २२ जना गरी कुल १४ हजार ८ सय २४ विजयी भएका हुन्  । 

२१ देखि ४० वर्ष उमेर समुह 

यो उमेर समुहबाट नगरपालिका प्रमुखमा २२ जना र गाँउपालिका अध्यक्षमा ४९ जना विजयी भएका छन् । यस्तै उपप्रमुखमा ४४, उपाध्यक्षमा ९९ जना र वडाध्यक्षमा ८ सय ८६ जना विजयी भएका छन् । यस्तै १३ सय ७९ महिला सदस्य, १५ सय ७३ दलित महिला सदस्य, १९ सय ४ खुला सदस्य गरी ५ हजार ९ सय ३८ उम्मेदवार विजयी भएका हुन् ।
 
४१ देखि ६० वर्ष उमेर समुह 

यो उमेर समुहमा नगरपालिका प्रमुखमा ८० जना विजयी भएका छन् भने उपप्रमुखमा ७० जना विजयी भएका छन् । यस्तै गाँउपालिका अध्यक्षमा १ सय ३८ र उपाध्यक्षमा १ सय ८ जना विजयी भएका छन् । यस्तै १७ सय ८ वडा अध्यक्ष, १३ सय ४९ महिला सदस्य, ११ सय १९ दलित महिला सदस्य, ३१ सय ९२ खुला सदस्य सहित ७ हजार ७ सय ६४ उम्मेदवार विजयी भएका हुन् । 

६१ वर्षदेखिमाथि

यो उमेर समुहका १६ जनाले नगरपालिका प्रमुख र ३ जनाले उप–प्रमुखमा विजयी हासिल गरेका छन् । यस्तै, २४ जना गाँउपालिका अध्यक्ष र ४ जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।

२ सय ६२ वडा अध्यक्ष, १ सय १३ महिला सदस्य, १ सय २८ दलित महिला सदस्य र ५ सय ७२ खुला सदस्य गरी ११ सय २२ जना निर्वाचित भएका छन् । पाँच स्थानीय तहबाट निर्वाचनको बिस्तृत आँकडा आउने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने