‘देशैभरी लोडसेडिङ अन्त्य हुन्छ, अब नेपालले बिजुली बेच्छ’-कुलमान

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को वर्षदेखि पूर्णरुपमा लोडसेडिङ अन्त्य हुने दाबी गरेका छन् । उनले तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्ने बताए ।

प्राधिकरणको केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले अबको दुई तीन बर्षभित्र नेपालमा आफ्नै उत्पादनबाट १२ सय मेगावाट बिजुली थपिने बताए ।

अर्को वर्ष ४ सय ५६ मेगावाट क्षमताको तामाकोसी जलबिद्युत आयोजनाले उत्पादन थाल्ने, निजी क्षेत्रका जलबिद्युत आयोजनाहरुबाट समेत २ सय मेगावाट राष्ट्रिय प्रशारणमा थपिने उनले जानकारी दिए । अर्को वर्षदेखि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्थाबाट मुक्त हुँदै निर्यात गर्ने अवस्थामा पुगिने उनको भनाई छ ।

आर्थिक वर्षको अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए । भारतबाट हुने आयातलाई क्रमश घटाइने भन्दै प्राधिकरण प्रमुख घिसिङले अघि भने, ‘तामाकोशी बनेपछि त वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।’

उनले आउनुअघि नै विजुली बचतमा जाने बताए । घिसिङले अघि भने,’अब लोडसेडिङको चिन्ता छैन । हामीले विजुलीको माग र आपूर्तिलाई ब्यवस्थापन गरेका छौं । अब औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि घटाउँछौं ।’

अहिले सुख्खायाम भएपनि देशैभरी रातीको समयमा लोडसेडिङ नभएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘अहिले औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा लोडसेडिङ भइरहेको छ, अब बिस्तारै त्यसको पनि अन्त्य गर्नेतर्फ प्राधिकरण लागिरहेको छ ’, उनले भने ।

सुख्खायाम सकिन लागेकोले अब भारतबाट अहिले भइरहेको आयत परिमाण पनि घटाउँदा फरक नपर्ने उनले बताए । उनले यतिबेला कालीगण्डकी १ सय ४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत आयोजना पूर्ण रुपमा चलिरहेको बताउँदै उर्जा मन्त्रालयले अघि सारेको नेपालको पानी, जनताको लगानी नारा अन्र्तगत २५ सय मेगावाटको आयोजना अघि बढ्ने बताए ।

घिसिङले लोडसेडिङ न्यूनीकरण गर्ने काममा खटिएका कर्मचारीको सुरक्षा चुनौति निकै संवेदनशील बनेको तथा चुहावटको समस्या पनि त्यत्तिकै देखिएकाले सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोगमा विद्युत् सुरक्षा दिवस केन्द्रीत हुने जानकारी दिए । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ६ महिना अवधिमा भएको चुहावट नियन्त्रणबाट ४ प्रतिशत विद्युत् अर्थात् १ अर्ब २५ करोड रुपैया बचत भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी