देव गुरुङलाई पराजित गर्दै लमजुङबाट पृथ्वीसुब्बा गुरुङ निर्वाचित


४ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्र्धी नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य विजयी भएका हुन्।

निर्वाचित गुरुङले ३४ हजार ९६९ र निकटतम प्रतिस्पर्धी गुरुङले ३१ हजार ७८१ मत प्राप्त गरेका छन् । लमजुङमा कूल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेको थियो।

खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको छ । त्यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेर तेस्रो भएका छन्।

त्यस्तै,पराजित माओवादी महासचिव देव गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिएका छन् । पृथ्वीसुब्बा गुरुङ बसेकै होटलमा पुगेर देव गुरुङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल