देउवा विरुद्धको अवहेलना मुद्दामा सुनुवाई स्थगित

supreme-court-of-nepal-768x466२२ चैत, काठमाडौं । नेपाली कांग्रेस र सभापति शेरवहादुर देउवालाई विपक्षी वनाई दायर परेको अवहेलना मुद्दामाथि मंगलबार सर्वोच्च अदालतमा बहस नहुने भएको छ ।

मुद्दाको आजको सुनुवाई स्थगित सूचीमा आएको छ र आगामी बिहीबारका लागि पेशी तोकिएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिबारे सर्वोच्च अदालतको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप भएको निष्कर्ष निकालेको थियो । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले १८ चैतमा विराटनगरमा ‘आईजीपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दै जाउँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएका थिए ।

कांग्रेसको निर्णयले अदालतको सामाजिक प्रतिस्ठामा आँच आएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले कांग्रेस र देउवाविरुद्ध अदालतको अवहेलनामा मुद्दा हालेका थिए ।

अवहेलना ठहरेमा १ वर्षसम्म कैद, १ लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी