देउवा : चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर छ

३२ साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् ।

 

Pm-Deuba-and-Chinese-Vice-premier-Wang-Yang

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बुधबार देउवासँग भेट गरे । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवाले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् । जवाफमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने जवाफ लिएका छन् ।

रेलमार्गबारे पनि छलफल

दुई नेताको भेटमा सिगात्सेबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी जोड्ने रेलमार्ग निर्माणबारे पनि काराकानी भएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री देउवाले भूकम्पले क्षतिग्रस्त भएको अरनिको राजमार्ग पुनर्निर्माण छिटोे गर्नु पर्नेमा जोड दिएका छन् । बाहिरी चक्रपथ निर्माणका साथै बढ्दो ब्यापार घाटा कम गर्नेबारे पनि कुराकानी भएको छ ।

प्रधानमन्त्री देउवासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसेटिभ -बीआरआई)बारे चासो व्यक्त गरेका थिए । नेपालले प्रचण्ड सरकारकै पालामा बीआरआईमा हस्ताक्षर गर्ने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री देउवाले रोड, रेलका साथै क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणमा जोड दिएका छन् । साथै नेपालमा चिनियाँ लगानी भित्र्याउन पनि आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी