देउवा, ओली र प्रचण्ड पुगे एउटै स्थानमा

६ साउन,काठमाडौं–नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेवहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो समयपछि एउटै सार्वजनिक मञ्चमा देखिएका छन् । यो संयोग भने निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था नेपाल उद्योग परिसंघ (सिएनआई) ले जुराएको हो । 

20229106_1576356129102006_6687130175458355634_n_PeMh0P3O8X

निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था नेपाल उद्योग परिसंघको १४ औं साधारणसभाको उद्घाटन कार्यक्रममा शुक्रबार प्रधानमन्त्री देउवा, ओली र प्रचण्ड राजधानीको सोल्टी होटलमा एउटै मञ्चमा देखिएका हुन् । प्रधानमन्त्रीवाट प्रचण्डले राजीनामा गरेपछि तीन नेता एउटै सार्वजनिक मञ्चमा देखिएको यो पहिलो पटक हो ।

एमाले अध्यक्ष केपी ओली सरकारलाई माओवादीले साथ नदिने र प्रधानमन्त्रीमा प्रचण्ड आफै अघि सर्ने भएपछि एमाले र माओवादी केन्द्रबीच सम्वन्ध चिसिएको थियो । ओलीको राजीनामा पछि काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि ओली र प्रचण्ड एउटै सार्वजनिक कार्यक्रममा कमै देखिएका थिए । तर, आज प्रधानमन्त्री देउवा, ओली र प्रचण्ड लामो समयपछि एउटै मञ्चमा देखिएका हुन् । माओवादी केन्द्र सहितको देउवा सरकारलाई अहिले समस्या पर्दै गएको ओली–प्रचण्ड नजिक हुन सक्ने अनुमान सुरु हुदै गर्दा यो पनि अर्को संयोग बनेको हो । यद्यपि, यो राजनीतिक कार्यक्रम भने होइन । 

सिएनआईले यसअघिनै साधारणसभाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि बनाउने र दुई पूर्व प्रधानमन्त्री ओली र प्रचण्डलाई विषेश अतिथि बनाउने निर्णय गरेको थियो । दिउँसो ३ वजे ३० मिनेटमा उद्घाटन हुने भनिएको यो कार्यक्रमको उद्घाटनसभामा पूर्व प्रधानमन्त्री प्रचण्ड सबैभन्दा अगाडी पुगेका थिए । त्यसपछि केपी ओली कार्यक्रममा पुगेका थिए । प्रधानमन्त्री देउवा भने ४ वजेर १० मिनेट जाँदा सोल्टी पुगेका हुन् । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी