March 17, 2017

देउवालाई सोध्छु-कांग्रेसको प्रजातान्त्रिक आचरण कहाँ छ ? ओली

kp-sharma-oli-300x193 महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पश्चिमी सीमा शहर महेन्द्रनगर पुगेर प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नियतमा प्रश्न उठाएका छन् ।

उनले सत्तापक्षमाथि हार्ने डरले चुनावबाट भाग्ने बहाना खोजिरहेको आरोप लगाएका छन् । मेची-महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओली प्रधानमन्त्री प्रचण्डभन्दा देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भए । प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चाको षड्यन्त्रको बन्दी हुन लागेको भन्दै ओलीले मोर्चाको नियत बुझेर भ्रममुक्त हुन सुझाव दिए ।
स्थानीय तहको संख्या बढाउने कुरा चुनाव नगराउने षड्यन्त्र भन्दै अब समय नरहेको बताए । ओलीले भने, ‘चुनावमा आउँछन् कि भनेर संख्या बढाउने भन्नुहुन्छ तर, उनीहरुको नियत अर्कै छ । चुनावमा नआए पनि भोलि हामीले भन्ने ठाउँ हुन्छ भन्ने उहाँको भनाइ छ । यो चुनाव नहुने कुरा भयो ।’

आजमात्रै आफूले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर स्थानीय तहको संख्या बढाउने समय नभएकाले त्यसमा नफस्न सुझाव दिएको ओलीले सुनाए । ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, तपाई आफैं षड्यन्त्र गर्दै हुनुुन्छ कि अर्काको षडयन्त्रमा पर्नुभएको छ ?’ उनले भने, ‘लोकतान्त्रिक प्रक्रिया, बहुमतको निर्णय नमान्ने र शान्तिपूर्ण राजनीतिक गतिबिधिमा बम हान्नेको भ्रममा परेर अलमल नगर्नुस् भनेको छु ।’

‘मधेसी मोर्चा डामेर छाडेको साँढे जस्तो’

मधेसी मोर्चा सरकारले डामेर छाडेको साँढे जस्तो भएको ओलीको टिप्पणी थियो । उनले लोकतान्त्रिक प्रक्रिया नमान्ने, अपराधिक गतिबिधि गर्ने र शान्तिपूर्ण कार्यक्रममा बम हान्नेहरुलाई पूर्ण रुपमा छुट दिइएको भन्दै आपत्ति जनाए ।

त्यसपछि ओली देउवा र कांग्रेसमाथि खनिए । उनले प्रमुख सत्तारुढ घटक कांग्रेसमाथि सरकार र गृह प्रशासन गलत ढंगले प्रयोग भइरहेको आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत आफूले हार्ने क्याम्पसमा चुनाव हुन नदिएर सत्तापक्षले गृह प्रशासनको दुरुपयोग गरेको आरोप लगाए । उनले भने, ‘सरकारमा हुनेहरु विद्यार्थीको चुनावमा समेत आफूले जित्ने भएमात्र चुनाव गराउने, नत्र हार्ने चुनाव नगर्ने, परिणाम घोषणा हुन नदिने र चुनावै हुन नदिने षडयन्त्रमा लागेका छन् ।’

ओलीले अघि भने, ‘कांग्रेसको प्रजातान्त्रिक अभ्यास कहाँनिर छ मलाई बताइदिए हुन्छ । दुई दिनपछि काठमाडौं गएर म शेरबहादुरजीलाई सोध्नेछु ।’

अध्यक्ष ओलीले स्थानीय प्रशासनहरुलाई सत्तापक्षको अनुचित दबावका आधारमा विपक्षीमाथि दमन नगर्न चेतावनी दिए । ‘प्रतिपक्षीलाई मुद्दा लगाउने, अपराध गर्नेलाई छुट दिने काम भइरहेको छ,’ उनले भने, ‘म भन्छु, डेढ महिने म्यादी सरकारको हुलामुलामा लागेर प्रशासनले काम नगरोस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक