देउवालाई प्रधानमन्त्री बन्नबाट यसरी रोकिंदैछ

sher-bahadur-Dauba-and-Kp-oli

१३ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि प्रधानमन्त्री बनिछोड्ने र एमाले अध्यक्ष केपी ओली जसरी पनि उनलाई रोकिछोड्ने अतिवादबाट नेपाली राजनीति यतिखेर प्रभावित मात्रै छैन, चार प्रदेशमा हुने दोस्रो चरणको निर्वाचन पनि प्रभावित बन्न सक्ने डर उत्पन्न भएको छ ।

पहिलो चरणको निर्वाचन शान्ति र निष्पक्षताका साथ गराएर पनि सत्ता स्वार्थमा देउवाले अति नै गरेपछि दुई दिन अघि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्यो । निर्वाचनको मुखमा यसरी प्रधानमन्त्रीको राजीनामा आएपछि प्रदेश १, २, ५ र ७ को निर्वाचन अन्यौलपूर्ण बन्न पुगेको छ । अझै तराईमा २२ वटा स्थानीय तह थप्न सरकारले गरेको निर्णयलाई तत्काल कायम नगर्न सर्वोच्च अदालतले आदेश दिने र मधेसका केही दलले आन्दोलन घोषणा गरेपछि निर्वाचन हुँदैन की बन्ने आशंकलाई बल प्रदान गरेको छ ।

पहिलो चरणको निर्वाचनको स्वादले प्रफुल्लित भएका जनहरु यतिखेर दोस्रो चरणको निर्वाचन पनि होस् र जनप्रतिनिधिले जनताका काम गरुन् भन्ने चाहन्छन् । तर, राजनीतिको केन्द्रमा कसैलाई जसरी पनि प्रधानमन्त्री बन्नैपर्ने कसैलाई जसरी पनि रोक्नुपर्ने अतिवाद देखिएपछि निर्वाचन हुने १५ दिन अघिसम्म पनि अन्योलको बादल मडारिएको हो ।

यी हुन प्रचण्डले देउवाको काँधमा बिसाएका जिम्मेवारी, देउवाले पूरा गर्लान ?

यस्तो छ एमाले डिजाइन
एमालेले पछिल्लो समय संसद नै चल्न दिएको छैन । संसद नै चल्न नदिएपछि प्रधानमन्त्रीले सिंहदरबारबाट राजीनामा दिए । बल्ल नीति कार्यक्रम संसदमा प्रस्तुत हुन दिएको एमालेले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन पनि गर्न नदिई पुनः संसद अवरुद्ध गर्यो । यो क्रम दुई दिनेदेखि जारी छ ।

यता जसरी पनि देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न एमालेले अब सहमतीय सरकार बन्नुपर्छ भन्ने कार्डसमेत फ्याकेको छ । सहमति हुन्छ भने प्रचण्डलाई नै पुनः प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव एमाले अध्यक्ष केपी ओलीले गरेका छन् । उनले संसद अवरुद्ध गरेर शुक्रबार संसदबाट बाहिरिंदै गर्दा यस्तो बताउनुको पछाडि देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न खोज्नु हो भन्ने सजिलै बुझिन्छ । ओलीले यस्तो गर्नुको पछाडि यो गठबन्धन लामो समयसम्म जान्छ भन्ने डरले भएको बताइन्छ । अहिले फेरि कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा अर्को संसदीय चुनावमा पनि यही गठबन्धन कायम हुँदा आफू कमजोर भइने डरले एमाले जसरी हुन्छ माओवादी र कांग्रेसलाई मिल्नै नदिने योजनामा छन् ।

पौडेल कार्ड
एमाले अध्यक्ष ओलीले कांग्रेसकै नेता रामचन्द्र पौडेलको कार्डसमेत फ्याक्ने बुझिएको छ । होइन प्रचण्डमा सहमति हुँदैन भने कांग्रेसकै रामचन्द्र पौडेल नेतृत्वमा भए पनि सहमतिको सरकार बनाउन सकिने कार्ड पनि एमालेको छ । यो परिपक्व भइसकेको विषय होइन तर, एमालेमा छलफलमा उठेको विषय हो । सत्ता र शक्तिको लागि देउवा जे पनि गर्न तयार हुन्छन् भन्ने डर एमालेमा देखिन्छ । तसर्थ कहिले प्रचण्ड त कहिले रामचन्द्रले नेतृत्व गर्न सक्छन् भनेर एमालेले कार्ड फ्याक्दै समय लम्बाउँदै छ ।

यी हुन् देउवा सरकारका मन्त्री !

सहमतीय सरकार गठन हुन नसके पनि ३१ जेठको निर्वाचनसम्म देउवालाई रोक्क सकिए उनीबाट हुने शक्तिको दुरुपयोगले निर्वाचनमा आफूहरु कमजोर बन्न सक्ने डरको अन्त्य हुने बुझाई पनि एमालेमा छ । सत्ताका खेलाडी देउवाले राज्यसत्ताको प्रयोग गर्दा दोस्रो चरणको निर्वाचनको परिणामप्रति नै एमालेको डर र आशंका उत्पन्न भएकोले जसरी पनि देउवालाई रोक्न एमाले लागिपरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने