देउवालाई परराष्ट्रविद्हरूको यस्तो सुझाव

काठमाडौँ,  ७ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा उठाउनुपर्ने विषयमा परराष्ट्रविद्सँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्रीसँगको भेटमा परराष्ट्र मामिलाका विज्ञहरूले नयाँ सम्झौताभन्दा पनि पुराना सम्झौताको कार्यान्वयनमा जोड दिन सुझाव दिनुभएको छ ।

deuba-1024x448प्रधानमन्त्री देउवाले मङ्गलबार भारतका लागि नेपालका पूर्व राजदूतहरू डा. भेषबहादुर थापा, दुर्गेशमान सिंह र रुक्मशमेर राणा तथा प्राध्यापक लोकराज बरालसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार, पूर्वराजदूतहरूले आफ्नो अनुभव सुनाउँदै द्विपक्षीय सम्बन्ध सुमधुर बनाउने सम्बन्धमा आफ्नो राय सुझाव दिनुभएको थियो ।
पूर्वराजदूत थापाले प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भ्रमणको रूपमा रहनुपर्ने बताउनुभयो । उहाँले दुई मुलुकका शीर्ष नेतृत्वबीच सद्भावपूर्ण सम्बन्ध भए बाँकी विषयहरू आफै राम्रो र घनिष्ठ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व पराराष्ट्र मन्त्रीसमेत हुनुभएका थापाले भारत र चीनबीचको डोक्लम विवादमा नेपाल प्रवेश गर्न नहुने सुझाव दिनुभयो । यसैगरी, भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्ध सद्भाव र विश्वासको आधारमा हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल–भारत सिमानामा निर्माण गरिएका बाँधले नेपालतर्फको मात्रै क्षति नगरेको र भारततर्फ पनि ठूलो क्षति गरेको बताउँदै त्यसको दिगो समाधानका लागि दुवै देशले प्रधानमन्त्री तहमा प्रयास गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी