देउवालाई ओलीले गरे यस्तो व्यंग

deuba-oliकाठमाडौँ, १४ मंसिर ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बलियो हुन नदिन र परिवर्तन नचाहने शक्तिहरू अहिले सक्रिय हुन थालेकाले त्यस्ता शक्तिविरुद्ध लडाइँ लड्ने बेला आएको बताउनुभएको छ ।
झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका ओलीले गृहनगर झापाको दमकमा महिला संयुक्त निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा भन्नुभयो, “यो निर्वाचन परिवर्तन चाहने र मुलुकलाई यथास्थितिमा राख्नेबीचको प्रतिस्पर्धा हो । ”
निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको शासन स्थापित गर्ने उहाँले चर्चा गर्नुभयो ।  आफूहरूले अधिनायकवादी सोच नराखेर मुलुकको समृद्धि र जनताको चाहना अनुसारको स्थायी सरकार निर्माण गर्ने उद्देश्यले वाम गठबन्धन गरेको ओलीले बताउनुभयो ।
आफूहरू अधिनायकवादी शासन नभएर जनताले चाहे अनुसारको शासन व्यवस्थाका लागि लडेको बताउँदै ओलीले भन्नुभयो, “हामीले राजनीतिक स्थायित्व र स्थायी सरकार निर्माणका लागि वाम गठबन्धन गरेका हौँ । ” उहाँले यो निर्वाचनपछि राजनीतिक अस्थिरता अन्त्य हुने र नयाँ युगको सुरुआत हुने दाबी गर्नुभयो ।
अहिले वाम गठबन्धनविरुद्ध विभिन्न भ्रम छर्ने काम भइरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले निर्वाचनपछि कम्युनिस्टहरूले सरकार चलाउने भएर अहिले काँग्रेस डराएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “काँग्रेसले सरकार चलाउँदा अधिनायकवाद नहुने, हामीले जनताको अभिमत लिएर सरकार चलाउँदा त्यो अधिनायकवाद हुने हास्यास्पद छ । ”
कम्युनिस्टले जितेको अवस्थामा कहीँ विकास हँुदैन र बोल्न तथा लेख्न पनि पाइँदैन भनेर आफ्नो क्षेत्रमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्दा आफूलाई अचम्म लागेको भन्दै उहाँले यहाँको विकास हेर्न आग्रह गर्नुभयो ।  अध्यक्ष ओलीले आफूहरूले महिलालाई दिए जत्तिको अवसर दुनियाँमा कुनै पनि मुलुकले र नेपालमा पनि कुनै पनि राजनीतिक दलले नदिएको दाबी गर्नुभयो ।  उहाँले एमालेबाट नै प्रस्ताव गरेर विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएको, माओवादी केन्द्रबाट ओनसरी घर्तीमगरलाई सभामुख बनाएको स्मरण गर्नुभयो ।
यसैबीच एमाले अध्यक्ष ओलीले राजधानीबाट झापा आउने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूहरू आचारसंहिताको परिपालनामा प्रतिबद्ध रहेको बताउनुभयो ।  निर्वाचन आयोगले आचारसंहिता पालना नगरेको भनेर पत्र काट्दा अचम्म लागेको उहाँले बताउनुभयो ।  आफूले कहीँ पनि पत्रिकाहरूलाई विज्ञापन छाप्न नदिएको, शुभचिन्तकहरूबाट चुनाव जिताउन अपिल गरेको हुनसक्ने भन्दै उहाँले त्यसको जवाफ पनि दिइसकिएको जनाउनुभयो ।
यसैगरी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालमा नातावादले गर्दा खेलकुद क्षेत्रको विकास हुन नसकेको बताउनुभएको छ ।
खेलकुद चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशमा हुने प्रतिस्पर्धामा योग्य खेलाडी पठाउनुको सट्टा नातागोताका मानिस मात्र पठाउने गरिएको आरोप लगाउनुभयो ।  खेलकुद विकास भएमात्र देश विकास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा