February 1, 2020

देउवाको आरोप : ओली सरकार अधिनायकवादको बाटोमा हिँड्यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादको बाटोमा हिँडेको आरोप लगाएका छन् ।

नेकपाको केपी शर्मा ओली सरकारले जनताको अधिकार खोसेर अधिनायकवादको बाटोमा अगाडि बढेको बताए ।

शनिवार रुपन्देहीको तिलोत्तमा पुगेका सभापति देउवाले प्रेस स्वतन्त्रता तथा मानवअधिकारमाथि नै प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताएका हुन् । दुईतिहाइको बलमा जनताको अधिकार खोसेर लोकतन्त्रको मूल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विभिन्न विधेयक ल्याएको भन्दै उनले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रजातान्त्रिक शक्ति एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याइएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन रहेको बताए । प्रेस स्वतन्त्रतामाथि आँच आउन नदिन सदनमार्फत कांग्रेसले निरन्तर खबरदारी गरिरहेको भन्दै देउवाले पत्रकारको जायज मागको सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता स्व. बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुण्यतिथिमा तिलोत्तमामा भएको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै देउवाले पोखरेल जस्ता निष्ठावान नेता कार्यकर्तालाई पार्टीले कुनै न कुनै रुपमा स्थान तथा सम्मान दिँदै जाने बताए ।

नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित शोक सभामा पार्टीका महामन्त्री शशांक कोइरालाले स्व. नेता पोखरेलले देखाएको निष्ठा र त्यागको राजनीतिलाई सबैले अनुसरण गर्न सके सच्चा श्रद्धाञ्जलि हुने बताए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले अहिलेसम्म अन्तरमनबाट लोकतान्त्रिक संविधानलाई नै स्वीकार गर्न नसकेको बताए ।

दुईतिहाइको बलमा आफ्ना नेता कार्यकर्तालाई बलियो बनाउने काममा मात्रै सरकार लागेको भन्दै नेता खाँणले जनताको हितमा कुनै पनि काम गर्न नसकेको बताए । जीवनको अन्तिम क्षणसम्म पनि देश र जनताका लागि लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउनुपर्छ भनेर लागिरहने स्व. नेता पाखेरेलको निधनले पार्टीलाई ठूलो क्षति पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने