कांग्रेसले गत २७ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेपछि सरकारमाथि दाबी गर्ने भन्दै विपक्षी दलसँग सघन छलफल अघि बढाएको थियो । त्यसक्रममा विपक्षमा नै रहेको नेकपा माओवादी केन्द्रको समर्थन पाए पनि जनता समाजवादी पार्टीको सिंगो समर्थन प्राप्त गर्न नसकेपछि कांग्रेस सरकार दाबीबाट पछि हटेको हो ।
कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले कांग्रेसको मात्रै संख्याले बहुमत नपुग्ने अवस्था भएको र जसपाले साथ नदिएपछि सरकारमाथि दाबी गर्ने अवस्था नरहेको बताए । कांग्रेसलाई जसपाभित्रको उपेन्द्र यादव र डा। बाबुराम भट्टराईले भने वैकल्पिक सरकार गठनका लागि सहयोग गर्ने वचन दिएका थिए ।
तर, बिहीबार दिनभर एमालेकै माधव नेपाल समूहको निर्णयसमेत कुरेको कांग्रेसले सो समूहको राजीनामा नआउने अवस्था विकसित भएपछि सरकार दाबी प्रयासबाट पछि हटेको हो । कांग्रेसले अन्तिम अवस्थामा पनि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल ग¥यो । तर, उनीहरू कांग्रेस नेतृत्वको सरकारका लागि तयार नभएपछि सभापति देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै निवास बोलाएर अवस्थाबारे जानकारी दिए ।
देउवाले बिहीबार साँझ नै पदाधिकारी बैठक बोलाएर अवस्थाबारे जानकारी गराए । त्यसक्रममा उनले सरकारमाथि दाबी गर्ने अवस्था नबनेको ‘ ब्रिफिङ’ नेतासमक्ष गरे । कांग्रेस निर्णयसँगै प्रधानमन्त्री पदमा ओली नै पुग्ने पक्का भएको हो । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत सोमबार राति नै आह्वान भइसकेको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि आहवान गरेकी थिइन् । सो व्यवस्थाअनुसार प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत पु¥याएको अवस्थामा सरकारमाथि दाबी गर्न सक्छन् । यसअघि, प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदा भने जसपाको ठाकुर र महतो समूह तटस्थ बसेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।