दुनियाँकै महँगो रक्सी कम्पनीले खोल्यो क्याम्पस, अब रक्सीमै डिग्री गर्न पाइने !

wine

विश्वको सबैभन्दा महंगो मदिरा उत्पादक कम्पनी केवेइचो माउताईले एउटा विश्वविद्यालय स्थापना गर्दैछ । रक्सी कम्पनीले खोल्ने उक्त विश्वविद्यालयमा मदिराजन्य पेय पदार्थकै बारेमा विद्यार्थीहरुले अध्ययन गरी डिग्री हासिल गर्न सक्नेछन् ।

चिनिया सरकारी मदिरा कम्पनी माउताईले खोल्ने विश्वविद्यालयको नाम माउताई विश्वविद्यालय हो । दक्षिणी ग्वान्झाउ प्रान्तको रेन्हुई सहरमा यो विश्वविद्यालय खुल्नेछ । शिक्षा मन्त्रालयबाट सम्बन्धत प्राप्त गरेसँगै विश्वविद्यालयमा पढाई सुरु हुनेछ ।

 

सुरुमा स्थानीय ६ सय जना विद्यार्थीलाई भर्ना गरिनेछ र उनीहरुले विश्वविद्यालयमा वाइन उत्पादन, खाद्य गुणस्तर, खाद्य सुरक्षा जस्ता पाठ्यक्रम पढ्न पाउनेछन् ।

२ करोड ८० लाख डलरको लागतमा स्थापना हुने विश्वविद्यालय १३ हेक्टर क्षेत्रफलमा फैलिएको हुनेछ ।

चिनिया पेय पदार्थ कम्पनीहरुमा दक्ष जनशक्तिको अभाव भैरहेको अवस्थामा यो विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनमा सहयोग पूराउने विश्वास गरिएको छ ।

माउताई ब्राण्डको रक्सीलाई चीनमा राष्ट्रिय पेय पदार्थ मानिन्छ र राष्ट्रिय समारोहहरुमा यो अनिवार्य जस्तै छ । साथै चिनिया सरकारी अधिकारीले विदेशी पाहुनाहरुलाई दिने उपहारको रुपमा पनि यो रक्सी रहेको छ ।

तर पछिल्लो समयमा यो महंगो रक्सी घुसको रुपमा दिने वस्तु समेत बनेपछि यो विवादमा समेत पर्दै आएको छ । सन् २०१४ मा भ्रष्टाचार विरुद्ध सरकारको कडा कदमपछि माउताई रक्सीको बिक्रि ह्वात्तै घटेको थियो ।

माउताई ब्राण्डका रक्सीको मूल्य निकै उच्च छ । एक बोतल माउताईको मूल्य १३ सय युआन अर्थात् १६६ अमेरिकी डलर पर्दछ । यो ब्राण्डका रक्सीको ९५ प्रतिशत बिक्रि चीनभित्रै हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको