January 27, 2017

दुई कांग्रेस जुध्दा सेयर बजार ओरालो

काठमाडौँ, १४ माघ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जमा रहेका दुई काँग्रेसीको झगडाका कारण मुलुकको धितोपत्र बजार नराम्ररी प्रभावित भएको छ ।
धितोपत्र बोर्डको आवरणमा डा. रेवतवहादुर कार्कीले ब्यक्तिगत ’इगो’ साँध्न स्पष्टीकरण सोधेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दावी गरेको छ । कार्की काँग्रेस नेता डा रामशरण महतलाई मोटो थैली बुझाएर अध्यक्ष बनेका व्यक्ति हुन् । भने स्टकका महाप्रबन्धक रहेका सिताराम थपलिया पनि डा महतका असली कार्यकर्ता हुन् ।Nepse

दुई साताअघि बोर्डले नेप्सेका अध्यक्ष र महाप्रबन्धकलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टिकरण सोध्ने विषयमा पनि कुरा नमिले पनि हतार हतार स्पष्टिकरण पत्र काटियो र थपलियालाई साइजमा ल्याउने भन्दै कार्कीले युद्धको नै घोषणा गरेको थपलिया पक्षको आरोप छ ।

दुई वटा साँढे जुध्दा तोरी बारी माडिए जस्तै कार्की र थपलियाको साँढे जुधाईमा सेयर बजार परेको छ । सेयर बजार दैनिक जसो घट्दै गएको छ । बजार घटाउने विभिन्न कारणहरु रहेको भएपनि प्रमुख कारण भने कार्की र थपलियाको साँढे जुधाई नै प्रमुख कारण रहेको जानकारहरु बताउँछन् ।

कार्की र थपलिया दुवै काँग्रेस नेता डा महतलाई थैली बुझाएर आएका हुन् । उनीहरु दुवै महतका मान्छे समेत हुन् । तर समस्या कहाँ पर्‍यो भनेर बुझ्दै जाँदा पत्ता लाग्यो कि सेयर दलालसँग थपलियाले मोटो रकम उठाए । डा सावलाई पैसा दिनु पर्छ भन्दै उठाउने भनेको रकम दलालहरुले काँग्रेस पार्टी कार्यालयको खातामा हालिदिए ।

पार्टी कार्यालयको खातामा रकम गएपछि न त त्यो रकम थपलियाले पाए न त डा महतले नै । कसैले पनि पैसा नपाएपछि भाउन्न भएका डा महतले फेरि दुवै जनालाई बोलाएर जसरी भएपनि पैसा उठाउन निर्देशन दिए । डा महतको अगाडि हस हजुर भन्दै उठेका कार्की र थपलियाकै कारण यस अघिको पैसा नपाएको भन्दै पैसा उठाउने कि नउठाउने भन्नेमा विलखबन्दमा परे ।

पैसा उठाउन बोर्डले सहयोग गर्नुपर्ने थपलियाको सर्त थियो । तर कार्कीले उठेको पैसाको ४० प्रतिशत आफूलाई दिनुपर्ने शर्त थपलियालाई तेर्स्याए । बाँकी रहने ६० प्रतिशतमा २० प्रतिशत थपलियाले राख्ने र बाँकी रहने ४० प्रतिशत मात्रै डा महतलाई उपलब्ध गराउने भित्री सहमति भयो । सेयर दलालहरु अधिकाशं काँग्रेस निकटका छन् ।

थपलिया र कार्कीले उनीहरुलाई होटल हिमालयमा विशेष बैठक भन्दै बोलाए । आफूलाई नियुक्त गर्ने मन्त्रीको आशय समेत उनीहरुले संयुक्त रुपमा राखे । तालुकदार मन्त्रालयमा माओवादी केन्द्रका महासचिव भइसकेका कृष्णबहादुर महरा अर्थमन्त्री छन् । भोलि उनले थाहा पाए के उत्तर दिने भन्ने बारेमा समेत होटलमा राम्रै बहस भयो । थाहा पाए उनलाई समेत जानकारी गराउने सहमति भयो ।

सोही सहमति बमोजिम कार्की र थपलियासहित सेयर दलालहरु समेत उठे । पैसा पनि राम्रै उठ्यो । स्रोतका अनुसार लगानीकर्तालाई एकाध दिन मात्रै मार्दा पनि सेयर दलालले करिब ४० करोड रकम उठाए । पैसा देखेपछि महादेवको पनि तीन नत्रे भने जस्तै थपलियाले कार्कीलाई दिनु उचित ठानेनन् । काम मैले गर्ने उनलाई किन दिने भन्ने प्रसंग निकाल्दै थपलियाले लौ हजुर पैसा धेरै उठाउन सकिएन, मन्त्रीले थाहा पाए भने हामीलाई समेत अप्ठ्यारोमा पार्लान भन्दै डा महतको जी हजुरी गर्न थपलिया डा महतको निवास पुगे । उनले उठेको मध्य न्यून रकम मात्रै डा महतलाई बुझाए अरु रकम आफैले पच पारे । स्रोत भन्छ कार्की र थपलियाको विवादको प्रमुख कारण नै सोही सेयर दलालबाट उठेको पैसा रहेको बताइन्छ ।

पैसाको विषयमा कुरा नमिलेपछि बोर्डले थपलियालाई स्पष्टिकरण पत्र काट्यो । बोर्डले सोधेको प्रश्नमा नेप्सेले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको पत्र पठाएको छ । पत्रको बोधार्थ अर्थमन्त्रालयलाई पनि दिइएको छ ।

नेप्सेले पत्रकार सम्मेलन गरी बोर्डको अवरोधका कारण पूँजी बजार विकासका योजनाहरु अगाडि बढाउन नसकिएको जनाएको छ । सार्वजनिक रुपमा बोर्डको बिरुद्ध अनर्गल प्रचारवाजी गरिएको भन्दै बोर्डले नेप्सेसँग स्पष्टीकरण सोधेको बताएको छ । बोर्डको स्पष्टीकरणमा नेप्सेले स्पष्टीकरण सोध्ने अधिकार बोर्डसँग नभएको उल्लेख गरेको छ ।

बोर्डले नेप्सेका अध्यक्ष रामजी रेग्मी र महाप्रबन्धक सीताराम थपलियासँग स्पष्टीकरण सोधेको थियो । सात दिनभित्र जवाफ दिन बोर्डले भनेपनि नेप्सेले दुई साता बितेपछि चेतावनीयुक्त जवाफ पठाएको छ । स्पष्टिकरणको दोहारी पनि असाध्यै रमाइलो छ । त्यसो त स्टकका अध्यक्ष रामजी रेग्मी पनि काँग्रेसी कार्यकर्ता नै हुन् । जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी