दीपिकाको बोल्ड फोटोसुटले भन्साली बेखुशी

२१ असार , मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले केही दिनअघि गराएको हट फोटोसुट निकै चर्चित भयो । उक्त फोटोसुटलाई धेरैले मन पराए भने कतिले छाडा भनेर आलोचना पनि गरे ।

यसमा अहिले नयाँ कुरा आएको छ । निर्देशक संजय लीला भन्साली दीपिकाको सो फोटोसुटबाट बेखुशी छन् रे । खबरअनुसार उनको असन्तुष्टी फिल्म ‘पद्मावती’ सँग जोडिएको रहेछ ।

19858518_1102711909830095_516768925_n

Dipika-padukon

भन्साली निर्देशित ऐतिहासिक फिल्म पद्मावतीमा दीपिकाको प्रमुख भूमिका रहेको छ । उनको यस फोटोमा राजपुतहरु रिसाएर भन्दैछन् कि ‘यस्ती छाडा आइमाईले कसरी महारानी पद्मावतीको भूमिका निभाउन सक्छे ?’

एक सूत्रले भन्यो, ‘दीपिका पद्मावतीमा एक प्राचीन परम्परालाई दशाउने पद्मावतीजस्ती स्वाभिमानी महारानीको भूमिका निभाउदैछिन् । यस्तोमा उनले बोल्ड फोटोसुट गरेको भन्सालीलाई मन परेको छैन । उनको यो सुटले गर्दा मानिसहरु आफूले बनाएको फिल्मप्रति नकारात्मक बन्न सक्ने भन्सालीको आशंका छ । साथै राजपुतहरुको मनमा ठेस पुग्नसक्ने पनि उनले चिन्ता जनाएका छन् ।’

स्मरणीय के छ भने पद्मावतीले आफूहरुको इतिहासलाई तोडमोड गरेको भन्दै राजपुतहरुले यसअघि .फिल्मको सुटिङमा अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं