नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा चोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने अभियान प्रारम्भ गर्ने घोषणा गरेका छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
भारतीय जनता पार्टीका सांसद तथा पत्रकार तरुण विजयले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायकसँगै ‘हिन्दु सम्राट’ रहेको र उनको यथेष्ट सम्मानस्वरूप दिल्लीमा प्रतिमा स्थापित हुनुपर्ने सुझावसहित आफूले त्यस्तो अभियान सुरु गर्ने घोषणा गरेका हुन् । बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको सहयोगमा काठमान्डु विश्वविद्यालय र भारतको माखनलाल चतुर्वेदी विश्वविद्यालयद्वारा राजधानीमा सोमबार संयुक्त रूपमा आयोजित नेपाल–भारत सम्बन्धबारे सेमिनारमा तरुण विजयले त्यस्तो घोषणा गरेका हुन् ।
पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भएको घोषणा गरेका थिए । उक्त अभियानबारे दिल्लीस्थित नेपाली राजदूत दीप उपाध्याय र नेपालका केही मन्त्रीसँग पनि छलफल गरेको उनले बताए । हिन्दुत्व समर्थक पाञ्चजन्यका सम्पादकसमेत रहिसकेका तरुण विजयले नेपालमा विक्रम संवत् र देवनागरी लिपिको चलनचल्ती रहेकोमा खुसीसमेत व्यक्त गरे ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने