दिनदहाडै राजधानीको स्कूलबाटै यसरी भयो बालकको ‘अपहरण’

काठमाडौ– काठमाडौंको मुटु मानिने क्षेत्रपाटीबाट दिनदहाडै   एक स्कूले बालक स्कूलबाटै अपहरणमा परेका छन् ।  क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै अपहरणमा परेका हुन् । 


बुटवल घर भई हाल असनमा बस्दै आएका अजय चौधरीका ५ वर्षीय छोरा उनी अपहरणमा परेको खवरसँगै असन आसपासका सर्वसाधारण बालकको सकुशल रिहाई र सुरक्षाको माग गर्दै  शुक्रबार सोह्रखुट्टे प्रहरी बृत घेर्न पुगेका छन् ।  
कसरी भयो अपहरण ?
विशाल चौधरीलाई बिहिबार बिहान दश बजे अभिभावकले विद्यालय पुर्याएका थिए । सधैजसो बिहान पुर्याउने र दिउँसो साढे ३ तीनबजे लिन जाने अभिभावकको रुटिन थियो । त्यहि अनुसार बिहीबार पनि बिशालका बुवा विजय छोरा लिन स्कुल पुगे ।

छोरो लिन स्कुल पुगेका विजयलाई स्कुलका शिक्षकले भर्खर विजयलाई घर पठाएको भन्ने जवाफ पाए । उनि एकछिन त अक्क न बक्क परे । सधै आफै लिन आउने र लैजाने गरेका उनलाई कसले लग्यो भन्ने खुल्दुली लाग्नु स्वभाविक थियो । उनले परिवारका सदस्यलाईै सोधखोज गरे । कसैले पनि आफुले लगेको भन्ने भनेनन् । त्यसपछि हल्लाखल्ला मच्चियो । स्कुल वरिपरि सवै खोजीमा लागे । कसैले भेटाएनन् । ‘तत्कालै प्रहरीलाई खवर गरेर प्रहरीसमेतको सहयोगमा राति १२ बजेसम्म खोजतालास गर्दा पनि बालक भेटिएन,’ असनका सुजिप वर्जाचर्यले बताए ।  
छिमेकी समेत रहेका सुजिपका अनुसार रअहिलेसम्म बालक भेटिएका छैनन् ।  न त अपहरणकारीको पत्तो लागेको छ । 
एक जना नियन्त्रणमा 
प्रहरीले बालक अपहरणमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएपनि उनको नाम सार्वजनिक गरेको छैन ।

यसवारे सोह्रखुटटे प्रहरी बृतका प्रहरी नायव उपरिक्षक सोमेन्द्रसिंह राठोरले अनुसन्धान भइरहेकाले केही भन्न नसक्ने बताए । उनले अपहरण भन्दा पनि बालक हराएको भन्दै खाजतलास भइरहेको बताए । उनका अनुसार हराएका बालकका आमाबाबु र काम गर्ने एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
 प्रहरी नायव उपरिक्षक राठोरले प्रहरीले अपनाउने सवै किसिमका  उपाय अपनाएर खोजतलास भइरहेकाले बालक भेटिनसक्ने बताए । बुटवल स्थायी घर भएका अजय असनमा घरेलु औजारको व्यापार–व्यवसाय गर्दै आएको र पछिल्लो समय आर्थिक प्रगति समेत गर्दै आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी