काठमाडौं, २८ असार — दार्जीलिङमा गोर्खाल्यान्डको तनाव बढ्दै जाँदा नेपाल र भुटानलाई थप पर्यटक भित्र्याउने मौका प्राप्त भएको छ । बंगालीहरूको पूजा आउनुभन्दा अढाई महिनाअघि दार्जीलिङमा तनाव चलिरहँदा नेपाल पर्यटन बोर्ड र भुटान पर्यटन परिषद्ले बंगाली यात्रीहरूलाई आफूकहाँ ल्याउनका लागि भरमग्दुर कोशिश गरिरहेका छन् ।
उत्तरपूर्वी राज्यहरू विशेषगरी असम, मेघालय र अरुणाचल प्रदेशले पनि ठूलो संख्यामा बंगाली पर्यटक आकर्षित गरिरहेका छन् ।
‘आफ्नो योजना बदल्नका लागि बाध्य पर्यटकहरूलाई आकर्षित गर्न हामीले थप प्रयास गर्नु कुनै आपत्तिजनक कुरा होइन । पर्यटन उद्योगमा जहाँ पनि यस्तो हुन्छ । एकजनाको घाटा अर्काको लाभ हो । २०७२ को भूकम्पपछि नेपालले पर्यटकहरू गुमाउनुपरेको थियो । त्यतिखेर पर्यटकहरू अन्तै गएका हुनुपर्छ । कश्मीरमा पनि हिंसाका कारण पर्यटकहरू जाँदैनन् र त्यसको फाइदा हिमाचल प्रदेश र उत्तराखण्डले उठाएका छन् । हामीलाई यसपाली काठमाडौं–पोखरा–जोमसोम अनि काठमाडौं–पोखरा–चितवन घुम्न जाने विषयमा धेरै सोधीखोजी आएका छन् । हामीहरू पनि सकेसम्म राम्रो डील दिइरहेका छौं ।’
ठीकठीकै पैसा खर्च गर्ने पर्यटकका लागि पर्यटन संस्थाहरूले सडकमार्गबाट माल, हासिमारा, जयगाँव र फुएनत्सोलिङ हुँदै पारो र थिम्पु जाने क्रम बढाउने सम्भावनाको खोजी पनि पर्यटन संस्थाहरूले गरिरहेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।