April 13, 2017

दस हजार धरौटीमा रिहा भए सिके राउत

सिरहा, चैत ३१ – स्वतन्त्र मधेश गठबन्धनका सि.के.राउत१० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनलाई आज सिरहा जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको हो । तर, सिरहा जिल्ला अदालतले राउतलाई धरौटीमा रिहा गर्ने आदेश दिनु पहिले नै ‘केही विषयमा अनुसन्धान गर्नुछ’ भन्दै रुपन्देही प्रहरीले सिरहा प्रहरीलाई सि.के. राउतलाई बुझाउन आग्रहसहित पत्राचार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विश्वमणि पोखरेलले बताए ।

राउत सिरहा जिल्ला अदालतले माग गरेको धरौटी बुझाएर रिहा भएपछि पुनः पक्राउ गरी रुपन्देही पठाउने तयारी भईरहेको जनाइएको छ । राउत विरुद्ध गत फागुन ५ गते नै रुपन्देहीमा राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दर्ता भएको जनाइएको छ ।

अदालतको कार्यालय समय समाप्त हुन केही मिनेट बाँकी रहँदा उनका समर्थक राजेन्द्र भन्ने व्यक्तिले राउतसहित नौ जनाको ५५ हजार रुपैयाँ धरौटी बुझाएपनि राउतलाई अदालतबाट बाहिर निकालिएको छैन ।

राज्य विरुद्धको संगठित अपराध अन्तर्गत चैत २१ गते जिल्ला अदालतमा मुद्दा चलाइएका राउतको बयानसँगै थुनछेक बहसपछि बिहीबार अदालतले माग गरेको धरौटी बुझाएको जिल्ला अदालतका रजिष्ट्रार विनोद खतिवडाले जानकारी दिए ।
सिरहा जिल्ला अदालतका न्यायधीश ध्रुवप्रसाद सापकोटाको इजलाशले राउतको बयान, थुनछेक बहसपछि अदालतले राउतसँग १० हजार रुपैयाँ धरौटी माग्नुका साथै उनको रिहाईको मागसहित सिरहा र लहानबाट पक्राउ गरी मुद्दा चलाइएका अन्य नौ जनासँग भने जनही पाँच पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

रजिष्ट्रार खतिवडाका अनुसार सिरहा र लहानबाट पक्राउ गरिएका आठ जना विरुद्ध पनि राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दा चलाइएको छ । धनुषाको जनकपुरमा पक्राउ गरी सिरहा ल्याएर पहिलो पटक गत माघ २१ गते राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा अदालत उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि पहिलो पटक अदालतले १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।

त्यसपछि दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन, चौथो पटक फागुन २२ गते २० दिन र अन्तिम तथा पाँचौं पटक चैत ११ गते १० दिनको म्याद थपेको थियो । त्यसपछि चैत २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रकृया अगाडि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी