दमक क्याम्पसमा शिक्षक र विद्यार्थीबीच मुक्का हानाहान

Mahesh-bhattrai-768x460९ बैशाख, झापा । झापाको दमक बहुमुखी क्याम्पसका एक शिक्षकले मुक्का प्रहार गर्दा विद्यार्थी घाइते भएका छन् । विज्ञान संकाय अन्तरगत भौतिक शास्त्रका विभागीय प्रमुख लोकेन्द्र चेम्जोङले मुक्का प्रहार गर्दा विएस्सी दोस्रो वर्ष अध्ययनरत महेश भट्टराई घाइते भएका हुन् ।

शिक्षक नियमित रुपमा प्रयोगात्मक कक्षामा नआएपछि ‘कम्प्लेन’ गर्न जाँदा आफूमाथि निर्घात कुटपिट भएको स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य भट्टराईले अनलाइनखबरसँग बताए ।  ‘नियमित कक्षा सञ्चालनका लागि आग्रह गर्दा उहाँले मलाई कुटपिट र मुक्का प्रहार गर्नुभयो’, उनले भने, ‘प्रयोगात्मक कक्षामा उहाँ अहिलेसम्म एक/दुई दिन मात्र उपस्थित हुनु भएको छ ।’

भट्टराईको दाहिने आँखाको डिलमा दुई वटा टाँचा लगाउनु परेको छ । साथै, निधार, गाला र घाँटीमा पनि चोट लागेको छ ।

प्राध्यापक भन्छन्-प्रतिवाद मात्र गरेको हुँ

यस सम्बन्धित प्राध्यापकसँग अनलाइनखबरले कुरा गर्दा उनले आफूमाथि हातपात भएपछि प्रतिवाद गरेको बताए । ‘नियमित कक्षामा तपाईं किन नआउने भन्दै मलाई विद्यार्थी भाईले गर्नु फोन गर्नु भो । त्यसपछि गालीगलौज पनि गर्नु भो’, उनले सुनाए, ‘म पारिवारिक समस्याले हस्पिटलमा थिएँ । त्यसबारेमा सुनाउँदा पनि उनले गाली गरिरहे ।’

त्यसपछि क्याम्पसमा आएर अन्य शिक्षकहरुसँग कुरा गर्दै गर्दा भट्टराई आएर वादविवाद गर्न थालेपछि मुक्का प्रहार भएको उनले बताए । ‘मलाई मुक्का हानेपछि मैले प्रतिकार गरेको हुँ’, उनले भने, ‘सुरुमा विद्यार्थीले हाने पछि आवेशमा आएर मैले पनि प्रहार गरेँ ।’

विवाद समाधानका लागि छलफल

क्याम्पसका प्रमुख उत्तम भट्टराईले प्राध्यापकबाट गल्ती भएको स्वीकार गर्दै विवाद समाधानका लागि छलफल भइरहेको बताए । उनले भने, ‘प्राध्यापक चेम्जोङ आफ्नो बुवालाई लिएर अस्पतालमा गएको वेलामा विद्यार्थीले उग्र भएर फोन गरेपछि आवेशमा आउँदा उहाँबाट गल्ती भयो ।’

स्वतन्त्र विद्यार्थी युनियन, दमक बहुमुखी क्याम्पसले विद्यार्थीलाई मुक्का प्रहार गर्ने प्राध्यापकलाई निष्काशन गर्नु पर्ने मागसहित प्रेस विज्ञप्ति निकालेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने